जन आकाश
काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन वटा खेल हुँदै छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अनुसार २१ औँ राउन्डका खेल हुन लागेका हुन् ।
जसअनुसार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दुई वटा खेल हुनेछ भने च्यासल मैदान, ललितपुरमा एउटा खेल हुनेछ । च्यासल मैदानमा हुने एक मात्र खेलमा एपिएफ फुटबल क्लब र सङ्कटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । जुन खेल ३ बजेबाट सुरु हुनेछ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend