जन आकाश
काठमाडौँ । काठमाडौँ महानगरले जेठ १५ गतेभित्र छात्रवृत्ति वितरण गर्न निजी विद्यालयहरूलाई निर्देशन दिएको छ ।
त्यसको जानकारी जेठ १६ गते इमेलमार्फत काठमाडौँ महानगरपालिकाको शिक्षा विभागमा पठाउन भनेको छ । २०८० का लागि सम्बन्धित निजी विद्यालयबाट कक्षा १० सम्मका विद्यार्थीलाई वितरण गरिने छात्रवृत्तिको विवरण पेस गर्न भनिएको छ ।
निजी विद्यालयले अघिल्लो शैक्षिक सत्रमा जम्मा विद्यार्थीको १० प्रतिशत विद्यार्थीलाई नयाँ शैक्षिक सत्रमा छात्रवृत्ति प्रदान गर्नुपर्ने कानुनी व्यवस्था छ । सोही आधारमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५० को उपदफा ९३० बमोजिमको छात्रवृत्ति छनोट समितिबाट निर्णय गराई छात्रवृत्ति वितरण गर्न भनेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend