logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

दोषी कसैलाई छोडिन्नः गृहमन्त्री श्रेष्ठ


  • जन आकाश
  • बिहिबार, जेष्ठ ११ २०८०

मोहन कार्की ।
काठमाडौ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले आज ज्ञापन पत्र बुझाउन आएका युवा संघ नेपालका पदाधिकारीसँग गृह मन्त्रालयमा ज्ञापन पत्र बुझेर सार्वजानिक अभिव्यक्ति दिने क्रममा दोषिहरु कसैलाई छाडिन्न तपाईहरु ढुक्क हुनुहोस् । भन्दै ज्ञापन पत्र बुझाउन गएका युवा संघका केन्द्रीय कमिटीलाई आश्वस्त पारेका छन् ।



निर्धोष कोही नछुटोस र दोषि कोही नउम्क्योस भनेर नेपाल प्रहरीलाई कुनै राजनीतिक पुर्वग्रह, आग्रह, दवाव,प्रभावमा नपर्न निर्देशक गरिएको बताएका मन्त्रीले बताएका छन् ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठले थप्दै भने “नेपाल देश हाम्रा पुर्खहरुको पसिना, त्याग र निष्ठाले भरिएको ईतिहास छ । संसारका देशहरु उपनिवेश हुदा समेत नेपाल कसैको पराधिन नभएको शिर ठाडो बनाएर हिड्न पुर्खहरुले सिकाएको त्यही वाटो हिडिरदा हामी मध्यका केही सन्तानहरु पछिल्लो समय मानव तस्करी जस्तो जधन्य अपराध, भ्रष्टचार, ठगी, संगठित अपराध गरेर नेपालको प्रतिष्ठामा आच पु¥याउने कार्य नक्कली भुटानी शनार्थी काण्ड जस्ता घटना भएका छन् । यस्ता अपराध गर्ने जो कोहीलाई नेपालको संविधानले तय गरेको ऐन कानुन अनुसार कारवाही गरिनेछ । त्यो मेरो दल, आफन्त, जो कोही अपराध गर्नेलाई ऐन कानुनले चिन्दैन भन्ने मेरो धारणा रहेको छ । नेपाल प्रहरीलाई त्यसैगरी निर्देशन गरेको कुरा यहाहरु समक्ष राख्दछु ।”

अर्को एक प्रशंग थप्दै “नेपाल विश्वका औलामा गन्न सकिने देशहरु मध्यमा पर्छ यति सुन्दर देश छ । समग्रमा पर्यटनका कुरा जडिबुटीका कुरा,जनशक्तिका कुरालाई हेर्ने हो भने विकासका आधार सम्बन्धका थुप्रै सम्भावना छन् । कुनै देशमा हेरौ खानेपानीनै अरुको देशवाट ल्याएर खानुपर्ने अवस्था छ । कतै असाध्यै जाडो, कतै असाध्यै गर्मी तर हाम्रो देश प्रकृतिले समेत आनान्दको बनाई दिएको छ । यस देशलाई त्यो भन्दा यतिवेला आर्थिक अवस्था त सवैलाई थाहा भएकै कुरा हो तर सुशासन देशलाई दिनुपर्ने मेरो जिम्मेवारी परेको छ । त्यो जिम्मेवारी पुरा गर्न तपाईहरु राजनीतिक दल, सरकारमा आवद्ध पार्टीहरु, पत्रकार, नागरिक समाजले सहयोग गर्नु भएको छ । तपाईहरुको स्प्रीड पनि त्यही हो यसलाई सहयोग गर्न आउनु भएको रहेछ । अर्को दोषी नउम्कियोस् । निर्धोष नफसोस् । भन्ने सन्दर्भमा प्रहरी निष्पक्ष भएर छानवीन गरिरहेको छ । कुनैले बयान दिदैमा दोषी ठहरिदैन त्यसका आधार प्रमाणहरु अनुसन्धान हुन्छ ।”भनेर जवाफ दिएका थिए ।

झण्डै ५० जनाको संख्यामा गएका युवा संघ नेपालको तर्फवाट महासचीन सुमन पुरीले आठ बदे ज्ञापन पत्र गृहमन्त्रीको सामु उभिएर बाचन गरी बुझाएका थिए ।

उक्त ज्ञापन पत्रमा नेकपा एमालेका नेताहरुलाई राजनीतिक पुर्वग्रह राखेर नेपाली काँग्रेसका एकजना पक्राउ परेका मानिसले हचुवाको भरमा नेकपा एमालेका नेताहरु, अख्तियारका पदाधिकारीहरु, नेपाल प्रहरीका पदाधिकारीहरुलाई बदनाम गर्ने उदेश्ले बाहिर हल्ला गरिको प्रति पनि गृहमन्त्रीलाई ध्यान कर्षण गरेका थिए ।

औपचारिक कार्यक्रम हुनुभन्दा अगाडी गृहमन्त्रीले विगतमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनको युवासंघका पदाधिकारीहरुको नाम लिएका थिए ।

उकत सवाल जवाफमा युवा संघका पदाधिकारीहरुले पार्टी एकै बनाउनु प¥यो हामी तल्लो निकायमा दवाव बढाउछौ । माथि तपाइहरु मिल्नु प¥यो भनेर आग्रह गरेका थिए ।

युवा संघको कुरा सुनेर गृहमन्त्री मुसुमुसु हासेका थिए । उत्तर भने दिएनन् । आज सार्वजानिक विदाको दिन परको थियो उक्त समयमा पनि गृह मन्त्रालयले अफिसियल कार्यलाई निरन्तरता दिएको छ । गृह मन्त्रालयमा मानिसहरुको भीड देखिन्थ्यो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend