logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

सडक डिभिजन काठमाडौले बर्षा हुनुुभन्दा अगाडी नै सडक मर्मत गरिसक्यो


  • जन आकाश
  • शुक्रबार, जेष्ठ १२ २०८०

इनिस बुढाथोकी ।



काठमाडौँ । सडक डिभिजन काठमाडौँले आफ्नो क्षेत्रभित्रका सडकहरूलाई वर्षात् अगाडि नै मर्मत गरी सुुरक्षित गर्ने कार्य सम्पन्न गरेको छ । काठमाडौ डिभिजनले सडकलाई सुुविधा मैत्री बनाउन यस्तै सुधारका कामहरु गर्दै आएको छ । जसको नेतृत्व काठमाडौ डिभिजनका प्रमुख नारायण प्रसाद निहुुरे आएपछि सडक डिभिजन काठमाडौका सडकहरु मानवमैत्री बन्नुको साथै विद्युत प्राधिकारणले खनेर पुर्न बाकी रहेका वाहेक काही पनि खाल्डाखुुल्डी नरहने गरी मर्मतको कार्य गरी मानवमैत्री बनाईएको पाईन्छ ।

सडक डिभिजन काठमाडौ अन्र्तगतका सडकहरु बनाउनका लागि टेन्डर भएका पनि तिब्र गतिमा बनिरहेका छन् । पछिल्लो प्रगति विवरण सडक डिभिजन काठमाडौले सार्वजानिक गरेको छ । बर्षात हुुनु भन्दा अगाडी नै सडक डिभिजन काठमाडौको जिम्मेवारीमा रहेका सडकहरूलाई वर्षात् अगाडि नै खाल्डाखुल्डी रहित बनाउने अभियान स्वरूप यही वैशाख १ गतेदेखि जेठ १० गतेसम्म खाल्डाखुल्डी पुर्ने  कार्यले तिव्र गतिमा काम गरेर सम्पन्न गरेको सडक डिभिजन काठमाडौको साइडमा उल्लेख भईसकेको छ । ।

जसअन्तर्गत शंखमुल (वानेश्वर– गौशाला, गौशाला–रातोपुल, थापाथली–त्रिपुरेश्वर,सुन्धारा, वीर हस्पिटल–जमल,केशरमहल–लैनचौर, लैनचौर–पानीपोखरी,महाराजगंज, सोह्रखुट्टे–बालाजु, नक्शाल–कृष्ण पाउरोटी,कमलपोखरी–रातोपुल, मित्रपार्क–लामपोखरी,धुम्बाराही, डिल्लीबजार चारखाल–बालुवाटार, हाडीगाउँ–विशालनगर, टेकु–सोल्टीमोड–कलंकी, सितापाइला–छाउनी, सुन्धारा–भद्रकाली(रत्नपार्क(भोटाहिटी, पेप्सीकोला–मुलपानी, चोभार–दक्षिणकाली लगायतका सडक खण्डहरूमा रहेका खाल्डाखुल्डीहरु विद्युत प्रधिकरण र खानेपानीले खनेर पुुर्न बाकी रहेका वाहेक  अन्य सडकहरुको  मर्मत गर्ने कार्य सम्पन्न गरिसकेको सडक डिभिजन कार्यलयका प्रमुख नारायण प्रसाद निहुरेले जानकारी गराएका छन् ।

उनले उक्त खाल्डाखुुल्डी पुर्ने अभियानलाई समयमा नै सम्पन्न गर्न लागि पर्ने कार्यलयका कर्मचारी तथा त्यस सडकमा काम गर्ने वेला सहयोग गर्ने ट्राफिक प्रहरी,स्थानीय सवैलाई धन्यवाद दिदै आउदा दिनमा यस्तै सडक डिभिजन काठमाडौले गर्ने विकासका रचनात्मक कामहरु गर्न अझै धेरै सहयोग हुने विश्वास बढेर गएको बताएका छन् ।

नेपालमा असार, साउनमा बढी पानी पर्ने र सडक खाल्डाखुुल्डी भएका ठाउमा पानी जम्ने र सावारी साधन फस्ने सडक पनि भत्कीदै जाने जस्ता समस्या हुदै आएका छन् । र अन्तमा सरकारको बजेट सक्न असारमा हतार हतार काम गरेको भनेर जनताले समेत आरोप लगाउने गर्ने गरेका छन् ।

त्यो भन्दा फरक ढंगवाट जनताले चाहेको जस्तै तरिकाले अझ नयाँ सोच राखेर शुुरु काठमाडौवाट गर्नुुपर्छ भन्ने धारणा राखि सडक डिभिजन काठमाडौले आफ्नो कार्य सम्पादन प्रगति समयमा नै सार्वजानिक गरेर उदारण पेस गरेको छ । एउटा असल नेतृत्व र कार्य क्षमता अब्बल भएको कर्मचारीले अवसर पायो भने सुन्दर शहरमा चिल्ला पीच र आनान्दसँग सवारी कुदाउन सकिने वातावरण बन्दो रहेछ भन्ने उदारण सडक डिभिजन काठमाडौले पेस गरेको छ । त्यस डिभिजनको नेतृत्व नारायण प्रसाद निहुरेले गरिरहेका छन् ।

उनले जन आकश मिडियासँग कुरा गर्दे भने “बर्षा हुनुभन्दा अगाडी नै सडक मर्मत गरिसकेपछि सकड पनि सुुरक्षित र सडकमा यात्रा सावारी गर्ने सवारी चालक–यात्रुु सवै सुरक्षित हुन्छन् । भने राज्यको लगानी पनि सदुुपयोग हुने भएको हुनाले हामीले विगतमा भन्दा बढी खटेर काम गरेका छौ । त्यसको परिणाम आएको छ ।” रडक डिभिजन काठमाडौ कार्यलय प्रमुख निहुरेको भनाई हो यो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend