जन आकाश
मोहन कार्की ।
काठमाडौ । अचेल देशमा बिभिन्न खालका आन्दोलन हुन थालेका छन् । जहा अभाव त्यहा तनाव भने जस्तै देशमा आर्थिक संकट चुलिदै गएको छ । आर्थिक संकट चुलिदै गएको अवस्थामा राज्यवाट हुनुपर्ने महत्वपुुर्ण क्षेत्रहरुका बजेट काट्दै लगेको छ । त्यसैगरी सरकारले गरिवी निवारणका लागि लद्य उद्यम विकास कार्यक्रम कटौती भएको भनेर त्यस कार्यक्रमसँग सम्बन्धित कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् ।
उनिहरु आज विहानै देखि माइतीघर मण्डलामा जम्मा भई विरोध ¥याली निकालेर नयाँ वानेश्वर निषेधित क्षेत्रमा पुुगेर ब्यानर प्लेकार्ड बोकेर विरोध गरिरहेका थिए । त्यसै कार्यक्रममा भेटिएकी राष्ट्रिय उद्यमशील विकास सहजकर्ता महासंघ नेपालकी सचीव गीता कुमारी कोइरालाले जन आकाश मिडियासँग कुरा गर्दै भनिन् “देशलाई आत्मनिर्भर बनाउने भनेर सकारकारले भाषण चै गर्छ देशमा पुुरुष भन्दा झण्डै तीन प्रतिशत बढी जनसंख्या भएको नेपालमा विशेष गरेर महिलाहरु बढी प्रत्यक्ष जोडिएको राष्ट्रिय उद्यम विकास केन्द्र कार्यक्रमको बजेट कटौती गरेर जानुु भनेको नेपालका गरिवीको रेखामुनि रहेका महिला दिदीबहिनीहरुलाई पाखा लगाउन खोजिएको भान हुन थालेको छ ।” भनि प्रतिक्रिया दिएकी थिइन ।
त्यस आन्दोलनको मुख्य नेर्तत्व गरिरहेकी देवकी घिमिरेका अनुसार, “सरकारले आन्दोलनरतका केही पदाधिकारीसँग वार्ता गर्न भनेर सरकारले सिह दरवार बोलाइएको र राष्ट्रिय उद्यमीशील विकास सहजकर्ता महासंघ नेपालकी अध्यक्ष देवकी घिमिरेको नेतृत्वमा सिह दरवारमा पुुगी उद्योग मन्त्री रमेश रिजालसँग कुराकानी भएको तर उद्योगमन्त्रीले बजेट नआएसम्म तपाईरुको मागको विषयमा केही भन्न नसकिने बताउनु भएकाृे र वार्ता निस्कर्ष विहिनमा टुुङगीएको उद्योग मन्त्रीसँग बजेटको समस्या हो भने अर्थमन्त्रीसँग भेटघाट गराई दिनुस हामी उहासँग कुराकानी गर्छौ भन्दा समय मागौला तर बजेट नआई यो कुरा नगरौ भनेपछि हामीले भोली पुनः विहान सातै वजे
माइती घर मण्डलामा धर्ना कार्यक्रम राख्ने जानकारी दिदै मन्त्रालयवाट निक्कियौ ।” भनेर जन आकाश मिडियासँग प्रतिक्रिया दिएकी हुन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend