logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

टोखा ग्रिनल्यान्डमा ‘कृषक गुप्र प्रालिद्वारा मिनी हाईपर मार्ट संचालन


  • जन आकाश
  • सोमबार, जेष्ठ १५ २०८०

काठमाडौ । काठमाडौँको टोखा ग्रीनल्यान्डमा ‘कृषक गुप्र प्रालिले एक करोड लगानीमा मिनी हाईपर मार्टु सञ्चालनमा ल्याएको छ । नेपाली कृषकको उत्पादनलाई बजारीकरण गर्ने मुख्य ऊद्देश्यका साथ सञ्चालनमा आएको उक्त प्रालिको सोमबार टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले उदघाटन गरी कार्य आराम्भ गरेका छन् ।



कार्यक्रममा नगरप्रमुख अधिकारीले टोखा नगरपालिका कृषक र व्यवसायीको सम्बर्दन र प्रबर्दनमा लाग्ने बताए । “टोखाभित्रका कृषकलाई प्रोत्साहन गर्नका लागि टोखाले किसानलाई निःशुल्क विउविजन वितरण, मलको डिपो थाप्नेलाई अनुदान, हाते ट्याक्टर वितरण गर्दै आएको मेयर अधिकारीले बताए ।
टोखाले फलफुलका विरुवा वितरण, व्यवसायिक किसानलाई तालिम प्रदान, जैविक तथा रासयिनिक मल वितरण, फोहोर व्यवस्थापन गरी कम्पोष्ट मल बनाउने तालिम प्रदान गरेको नगरप्रमुख अधिकारीले बताए । टोखा नगरपालिकाले घना वस्तीमा कौशीखेतीलाई प्राथमिकता दिएर आवश्यक तालिम प्रदान गरेको छ ।

टोखाले चालू आर्थिक वर्षमा स्थानीय तह, प्रदेश सरकार र संघ सरकारबाट गरी रु एक करोड ५० लाख कृषि क्षेत्रमा विनियोजन गरेको छ । टोखा नगरपालिका वडा नं ८ का वडाअध्यक्ष रमेश खत्रीले किसानबाट उत्पादित वस्तुलाई बजारसम्म लैजानका लागि टोखाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

‘उत्पादन देखि उपभोक्ता’ भन्ने मूल नारालाई अगाडि बढाएको उक्त मार्टले किसानले उत्पादन गरेका वस्तुलाई बजारसम्म पुर्याउने प्रालिका प्रमुख कार्यकारी अधिकृत दिपक न्यौपानेले बताए ।

उक्त मार्टमा सिन्धुली, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, काठमाडौँ, भक्तपुर, काभ्रेपलाञ्चोक र ललितपुरमा उत्पािदत मासुजन्य तथा अण्डा, फलफुल तथा तरकारी जन्य, अर्गानिक खाध्य सामान, दूध तथा डेरी बेकरी जन्य, लाइब किचन, खाजा स्टेसन, बबलटी, आइसत्रिम, पपकन, तथा चिप्स, ग्यास तथा जारको पानी, फ्रेस मिट, सिफुड, फ्रोजन अर्गानिक खाधान्न सामाग्री विक्रिका लागि राखिएका छन । कृषकलाई बजारसम्म सजिलै पहुँच विस्तार गर्नका लागि मार्ट सञ्चालन गरिएको सिईओ न्यौपानेले बताए ।

शुभारम्भ कार्यक्रममा सत्यम नेचर केयर अस्पतालका अध्यक्ष पुरुषोत्तम कोइराला, जनसबाल राष्ट्रिय दैनिकका सम्पादक रामजी बगाले, रे टेलिभिजनका अध्यक्ष प्रकाशबाबु पौडेललगायतले नाफाभन्दा समाजसेवालाई ध्यानमा दिएर कृषकबाट उत्पादित वस्तुलाई बजारसम्म लैजान मार्टले सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।

उक्त मिनी हाईपर मार्टु प्रालिले सर्बसाधारणको सुबिधा लाई ध्यानमा राखी सार्बजनिक शौचालय पनि सञ्चालन गरेको छ । मार्टले ब्यावसायिक फाइदासँगै सामाजिक कार्यमा पनि योगदान दिने बताएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend