logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

लघु उद्यमशील विकास कार्यक्रम बजेट कटौतीको बिरोधमा आजपनि धर्ना जारी


  • जन आकाश
  • सोमबार, जेष्ठ १५ २०८०

काठमाडौ । राष्ट्रिय उद्यमशील विकास सहजकर्ता महासंघ नेपालले आज पनि बजेट कटौतीको विरोधमा धर्ना जारी राखेको छ । उनिहरुले हिजोदेखि काठमाडौको माइतीघर मण्डलामा धर्ना शुरु गरेका छन् । हिजो नै भएको उद्योग मन्त्रालयसँगको वार्ता बिना निष्कर्ष टुङगीएको थियो । मानिसहरुलाई उद्यम बनाउन र स्थानीयस्तरका उत्पादन बजारमा पु¥याउन उद्यमशील विकास कार्यक्रम प्रभावकारी हुदै आएको छ । उक्त कार्यक्रम हटेमा प्रत्यक्ष मानिसहरु प्रभावित हुनेछन् । भने स्थानीय उत्पादन ठप्प हुने उनिहरुले बताएका छन् ।



यता सदनमा २०८०/ ८० को बजेट भाषाण चलिरहदा माइतीघर मण्डलामा धर्ना कार्यक्रम चलिरहेको छ । आज नै गणतन्त्र दिवश पनि हो । नेपालमा राजतन्त्रलाई विस्थापन गरेर गणतन्त्र स्थापना भएको १५ औ बर्ष आइपुग्दा देशले धान्न नसक्ने गरी आर्थिक संकट उत्पन्न भएको छ । यो निक्कै डरलाग्दो अवस्था छ । कुनैपनि व्यवस्था ढाल्न एकैपटक ठुला हतियार चाहिदैन । अहिले जनतामा बढेको आका्रेश, आर्थिक अभाव र त्यस अभाववाट उत्पन्न भएको तनवाले झिल्का झिल्काको रुपमा जताततै उठिरहेका आन्दोलन, धर्ना, अनसनहरुले देशमा अर्को बिकल्प खोज्दै गएको भान हुन थालेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend