logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

प्रथम ललितपुर जुत्ता चप्पल व्यापार मेला जेठ १७ गतेवाट हुने


  • जन आकाश
  • सोमबार, जेष्ठ १५ २०८०

ललितपुर । यहि जेठ १७ गतेदेखि असार १७ गतेसम्म एक महिने जुत्ता चप्पल मेला हुन लागेको आयोजकले जानकारी दिएको छ । उसले पत्रकार सम्मेलन गरी उक्त कुरा सार्वजानिक गरेको हो उसलले जारी गरेको विज्ञप्तिमा लेखिएको छ । “नेपाली उत्पादनको प्रवद्धन हाम्रो अभियान” भन्ने मुख्य नारा सहित नेपालमा जुत्ता चप्पल उत्पादन गर्ने उद्योगी व्यावसायीहरुको समुह स्वदेशमा उत्पादित जुत्ता चप्पलहरु र स्वदेशी ब्राण्डहरुलाई आम उपभोक्ताहरुको वीचमा परिचित गराउने, उपभोक्ताहरुको वीचमा पु¥याउने र आम उपभोक्ताहरुलाई स्वदेशी वस्तु नै प्रयोग गर्ने भावनाको विकास गराई स्वदेशी उत्पादन प्रयोगका निमित्त उपभोक्ताहरुको रुची जगाउने उद्देश्यका साथ देशका प्रमुख सहरहरुमा विभिन्न खालका मेला महोत्सवहरु आयोजना गर्दै आईरहेको व्यहोरा यहा “हरुमा अवगत नै छ ।



यसै सिलसिलामा यही २०८० जेष्ठ १७ गते देखि आषाड १७ गते सम्म वागमत्ति प्रदेश ललितपुर जिल्लाको प्रमुख सांस्कृतिक सहर ललितपुर महानगर पालिका अन्तरगत जाउलाखेल खेल मैदानमा प्रथम ललितपुर जुत्ता चप्पल व्यापार मेला २०८० आयोजना हुन गई रहेको व्यहोरा विभिन्न सञ्चार माध्यम मार्पmत आम उपभोक्ताहरुलाई जानकारी गराउने र प्रचार प्रसार गराउने उद्देश्यले यो भेटघाट कार्यक्रमको आयोजना गरिएको हो ।

नेपालको आर्थिक अवस्था यतिवेला सकारात्मक छैन । आर्थिक मन्दी र वैकहरुमा देखिएको आर्थिक तरलता तथा आर्थिक अभावका कारण देशका हरेक क्षेत्रहरु प्रभावित भएका छन् । आर्थिक प्रवाह गर्ने हरेक क्षेत्रहरु यति वेला प्राय निश्कृय छन् । आर्थिक गतिविधिहरु चलायमान हुन सकिरहेको छैन । कृषि, पर्यटन लगायत उत्पादन मुलक औद्योगिक क्षेत्रहरु चरम आर्थिक संकट व्यहोर्न वाध्य छन् । आर्थिक अभावका कारण कतिपय उद्योगहरु धमाधम वन्द हुदैछन् भने उद्योगी व्यावसायीहरुले आत्महत्याको निर्मम बाटो रोज्न थालेका छन् । यस्तो विषम परिस्थितिमा उद्योगी व्यावसायीहरुको मस्तिष्कलाई सकारात्मक बनाउदै देशको अर्थतन्त्रलाई गतिशिल र चलायमान बनाउनका निमित्त पनि केही न केही गतिविधिहरु निरन्तर गरि रहन आवश्यक हुन्छ । हामी यतिवेला यही अभियानमा लागिरहेका छौं ।

फुटवेयर क्षेत्रका वारेमा धेरै चर्चा, परिचर्चा, छलफल र वहसहरु निरन्तर भई रहेका छन् । निरन्तरको छलफल र वहसले यहाँहरुले हामी उद्योगी व्यावसायी जत्तिकै जानकारी र अनुभव प्राप्त गरि सक्नु भएको छ । त्यसैले यो प्रेश नोटमा धेरै चर्चा गरि रहनु, आवश्यक छ जस्तो लाग्दैन । यति भने पुग्छ फुटवेयर क्षेत्र जुत्ता चप्पलको क्षेत्रमा देशलाई आत्मनिर्भर बनाउन सक्षम छ । देशको विग्रदो आर्थिक अवस्थालाई सुधार गर्न कतिपय वस्तुहरुको आयातलाई नै प्रतिवन्ध लगाउनु पर्ने अवस्थामा सरकार पुग्दा आयातलाई निरुत्साहित र प्रतिस्थापित गर्दै देशको अर्थ तन्त्रलाई महत्वपुर्ण योगदान पु¥याउन सक्ने र कामको खोजीमा विदेसिन वाध्य नेपाली युवा शक्तिलाई स्वदेशमै रोजगारी उपलव्ध गराउन सक्ने यो क्षेत्रका विभिन्न खाले समस्या र चुनौतिहरु छन् । वैंकको चर्को व्याज दर, अनुभवी तथा अनुशासित श्रमशक्तिको अभाव, अनियन्त्रित चोरी पैठारी, वजारीकरणका समस्या, राजनैतिक अस्थिरताका कारण उत्पन्न हुने नीतिगत समस्या लगायतका चुनौतिहरुको सामना हामी गरि रहेका छौं । हामिलाई सधैं तपाईहरुको साथ र सहयोगको आवश्यकता छ, यसको अपेक्षा हामीले गरि रहेका छौं ।

स्वदेशी उत्पादनलाई माया गर्ने, स्वदेशी उत्पादन मात्र प्रयोग गर्ने भावनाको विकास आम उपभोक्ता र सवै नेपालीहरुमा हुने हो भने देशमा सवै प्रकारका उद्योगहरु खुल्न सक्ने वातावरण बन्न सक्छ । देश औद्योगिकिकरणको बाटोमा अगाडी बढ्रन सक्छ । औद्योगिकिकरणको माध्यमबाट मात्र देशलाई सम्वृद्ध बनाउन सकिन्छ । व्यापक रुपमा रोजगारीका अवसरहरु सिर्जना हुन सक्छ । उद्योग संचालन गर्नकालागि उत्पादित वस्तु विक्नु पर्दछ कम्तीमा उद्योगीहरु र उद्योग वाच्नु पर्दछ । यसकालागि नेपाली उपभोक्ताले स्वदेशमा नै उत्पादित वस्तु प्रयोग गर्ने वानी वसाल्नु पर्दछ । पहिले त देशलाई आत्म निर्भर बनाउनु प¥यो त्यसपछि बढि भएको उत्पादन निर्यात गरेर देशलाई सम्वृद्ध बनाउन सकिन्छ । स्वदेशी उत्पादन प्रयोग गरि राष्ट्रि«यताको भावनाको विकास गराउने कार्य सञ्चार क्षेत्रले मात्र गर्न सक्ने भएकाले यो भुमिकामा यहा“हरुको सहयोगको सधैं अपेक्षा हामीले गरि रहनेछौं ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend