logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

सर्पले डसेर दाजु–भाइको मृत्यु


  • जन आकाश
  • मंगलबार, जेष्ठ १६ २०८०

काठमाडौ । सिन्धुलीको दुधौली नगरपालिका–१ कुर्थौलीमा सर्पले डसेर एकै परिवारका दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १३ वर्षीय ग्रिस पहाडी र उनका भाइ तीन वर्षीय ग्रिस्म पहाडी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।



आमा गंगा पहाडीसँगै घरमा सुतिरहेका उनीहरुलाई बिहान सर्पले डसेको थियो । आज बिहान करिब ३ बजेतिर कान्छो छोरा छटपटाएपछि गंगा व्युँझिएकी थिइन् । त्यसपछि छोराहरुलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौली लगिएको थियो । त्यहाँ उपचार हुन नसक्ने भनेपछि थप उपचारका लागि जानकी हेल्थ केयर जनकपुर रिफर गरिएको थियो ।

आज बिहान करिब ८ बजेतिर चिकित्सकले दुवै बालकलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीको सञ्चार शाखाले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend