logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

मकवानपुरमा दुई छोरासहित आमाले विष सेवन


  • जन आकाश
  • बिहिबार, जेष्ठ १८ २०८०

काठमाडौं । मकवानपुरमा एक महिलाले दुई छोरासहित आफूले पनि विष सेवन गरेर आत्महत्या प्रयास गरेकी छन् । विषका कारण एक नाबालकको ज्यान गएको छ ।



हेटौंडा उपमहानगरपालिका-१५ जाँतेकी ३६ वर्षीया सोनी पाख्रिनले बुधबार साँझ करिब ६ बजे ७ वर्षीय छोरा अस्किन र १८ महिने छोरा जेनिस वाइबालाई विष खुवाएर आफूले पनि विष सेवन गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पाख्रिनले प्यारा क्वाइट डाइक्लोराइड नामक झार मार्ने विषादी आफूसहित बच्चालाई खुवाएको खुलेको छ ।

विष सेवन गरेकी उनीसहित बालकहरूलाई उपचारका लागि बुधबार नै हेटौडा अस्पताल पुर्‍याइएको थियो । त्यहाँबाट उनीहरूलाई राति साढे ८ बजे चितवनको भरतपुर रिफर गरिएको थियो ।

गम्भीर रहेका नाबालक छोरा जेनिसको बिहीबार बिहान ७ः५० मा उपचारका क्रममा चितवन मेडिकल कलेज (सीएमसी) मा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी वामदेव गौतमले जानकारी दिए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend