logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

 नबिल बैंकले ल्यायो नबिल दिगो घर कर्जा


  • जन आकाश
  • सोमबार, जेष्ठ २२ २०८०

काठमाडौं । नबिल बैंक लिमिटेडले दिगो घर कर्जा योजना सार्वजनिक गरेको छ ।



विश्व वातावरण दिवस जुन ५ तारिखको पूर्व सन्ध्यामा दिगो घर कर्जा योजना (Nabil Sustainable Housing Loan) को स्किम अघि सारिएको हो । आइतबार केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बिच नबिल बैकका सञ्चालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालले उक्त कर्जा योजनाको अनावरण गरेर अघि बढाइएको हो ।

उनले नबिल बैंकले दिगो बैंकिङको अवधारणामा काम गर्दै आएको र यस कर्जाले दिगो विकासमा सर्वसाधारणको पहुँच पुर्याउने बताउनु भयो । उक्त समारोहमा बैकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले नबिल बैकले दिगो बैंकिङ क्षेत्रमा गरेका विभिन्न कार्यहरूको बारेमा प्रकाश पार्नु भयो ।

साथै बैकका वरिष्ठ नायब कार्यकारी अधिकृत सुजित कुमार शाक्यले नबिल दिगो घर कर्जा एउटा शुरुवाती प्रयास भएपनि यसले समाजमा पार्ने सकारात्मक असर तथा महत्वका बारेमा आफ्नो धारणा राख्नु भयो । उनले नबिलले ल्याएको यस कर्जाले सहुलियत दरमा कर्जा प्रवाह गरी यसले दिगो विकासमा टेवा पुर्याउने विश्वास गरेका छन् ।

कार्यक्रममा वैकल्पिक ऊर्जा प्रबर्द्दन केन्द्रका कार्यकारी निर्देशक नवराज दाहाल तथा स्मार्ट पानीका सहसंस्थापक सुमन शाक्यको उपस्थिती रहेको थियो । नबिल दिगो घर कर्जा वातावरण मैत्री तथा किफायती ऊर्जा सामाग्रीहरू प्रयोग गरी घर निर्माण गर्न चाहने ग्राहकहरूलाई लक्षित गरिएको छ ।

यस स्किमले देशको आवास निर्माण क्षेत्र भित्र वातावरण मैत्री र सामाजिक रूपमा जिम्मेवार अभ्यासहरू प्रवर्द्धन गर्ने विश्वास बैंकले लिएको छ । दिगो आवासमा लगानी गर्न चाहने ग्राहकहरूलाई सस्तो ब्याजदर र सेवा शुल्कमा कर्जा प्रवाह गरी यस योजनाले समाजमा वातावरण मैत्री अभ्यासहरू अपनाउन प्रोत्साहन गर्ने अपेक्षा राखिएको छ ।

वातावरण मैत्री तथा किफायती ऊर्जा सामाग्रीहरू प्रयोग गरेर घर निर्माण गर्न चाहने ग्राहकहरूले यस योजना अन्तर्गत आवास कर्जा लिन सक्नेछन् । बैंकले सुरुवात गरेको नबिल दिगो घर कर्जा ग्राहकहरुले बैकको आधार दरमा मात्र १ प्रतिशत प्रिमियम थपेर प्राप्त गर्न सक्नेछन भने स्थिर ब्याजदर चाहने ग्राहकहरुले सात वर्षको लागि वार्षिक १०.४९ प्रतिशतमा नै प्राप्त गर्न सक्नेछन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend