जन आकाश
मोहन कार्की ।
रामेछाप । रामेछाप जिल्लामा यतिवेला पानी नपर्दा र सिचाई नभएका पाहाडी भु–भागमा लगाईको मक्कै सुक्न थालेका छन् । यसको असर सवैभन्दा रामेछाप नगरपालिकाको वाडन ८,९, ६,५ सवै क्षेत्र प्रभावित भएका छन् भने न. ७ न.वडाको केही भाग, २ वडाको केही भाग खडेरीका कारण मक्कै सुक्न थालेका छन् । रामेछाप यि क्षेत्रहरुमा सिचाईको राम्रो प्रबन्ध गर्ने हो भने धान, गहु, लगायत अन्य अन्न बालीहरु प्रशस्त हुने क्षेत्रहरु हुन् ।
त्यसैगरी खाडादेवी गाउँपालिकाका सवै वडाहरुमा मक्कै सुक्न थालेका छन् । रामेछाप जिल्लाका धेरै जति ठाउहरुमा सिचाईको व्यवस्था छैन । विशेष गरेर रामेछाप नगरपालिका र खाडादेवी गाउँपालिकामा जसो तसो खानेपानीको लागि लिफ्टिङ प्रविधि प्रयोग गरेर पु¥याउदै आईरहेका छन् ।

सिचाईको व्यवस्था हुने हो भने रामेछाप नगरपालिकाको तल्लो तटीय क्षेत्र सुनकोशी किनार आसपास र त्यो भन्दा माथिल्लो भु–भाग मुडाजोर, रयछाप, बेतिनी, टार, रामपुर, ओखे्रनी, देउराली लगायत क्षेत्रमा तीन बाली अन्न सजिलै फल्ने ठाउ रहेको छ । तर ति क्षेत्रहरु सुख्खा भएको र पानीको स्रोत कम भएको हुनाले बर्षमा मक्कै वाली र मक्कै भित्र गहत, मस्याङ बाहेक अरु अन्न बाली लगाउने नगरिएको त्यहाका किसानहरुले बताउदै आएका छन् ।
यो खडेरीको बिषयमा के भन्छन त रामेछाप नगरपालिकाका मेयर लवश्री न्यौपाने “झण्डै ५–७ किलोमिटर तलवाट सुनकोशी तामाकोशी बग्छ तर लिफ्टिङ आयोजना बनाउन सकिने भएपनि खर्चिलो र ठुला योजनाहरुको लागि बजेट अभावको कारण बनाउन सकिएको छैन । ७ वडाको धनेघाट चै नगरपालिकाको स्रोतवाट बनिराखेको छ । यो बर्षको बजेटमा मरिनघाट, भोटेटार,सिस्नेरी,विर्ता, कोलोन्जोर,कोरमाना लम्फियाघाट प्रस्तवित गरिएको छ । एकैपटक सवै बनाउन नसकिने क्रमशः बनाउदै जाने तयारी गरिरहका छौ ।” रामेछाप नगरपालिकाका मेयर लवश्री न्यौपानेको भनाई ।
नेपालको२०७८ को जनसंख्या सवैभन्दा कम भएको जिल्लामा चित्रण हुनुमा रामेछाप जिल्ला भुगोल अथाहा भएपनिछ जनसंख्या कम हुनुमा खानेपानी र सिचाईको अभाव पनि एउटा कारण मान्न सकिन्छ ।
रामेछाप जिल्लालाई सुख्खा ग्रस्त क्षेत्र नै घोषणा गरेर केन्द्रीय सरकार, प्रदेशिक सरकारले काम नगर्ने हो भने हिमाली क्षेत्रमा त्यसैपनि अठिनाईका कारण मानिस घट्दै गएका छन् । उर्वर क्षेत्रमा खानेपानी र सिचाईका कारण अन्न उत्पादन गर्न नसक्दा मानिसहरु शहर र विदेश पलपायन बढ्दो छ । जसोतसो गाउमा मेहनग गरेर बसिरहेकाहरुलाई यस बर्ष जेठ लाग्दा समेत पानी नपर्दा एक सिजन फल्ने मक्कै पनि नफल्ने चिन्ताले रामेछापका किसानहरु चिन्तित छन् । कृषिको लागि ठुला ठुला भाषण गर्ने र योजना बनाउने कृषि मन्त्रालयको ध्यान रामेछापको सुख्खा क्षेत्रमा पुगोस् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend