logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

धनगढी उडेको विमानमा प्राविधिक समस्या देखियोे ?


  • जन आकाश
  • मंगलबार, जेष्ठ २३ २०८०

काठमाडौं । काठमाडौंबाट धनगढी उडेको श्री एयरलाइन्सको विमानमा प्राविधिक समस्या देखिएपछि काठमाडौंमा नै फर्काएर अवतरण गराइएको छ । ७२ जना यात्रु लिएर उडेको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० माइल पुर पुगेपछि फर्काएर अवतरण गराइएको हो ।



विमानस्थलमा प्रवक्ता टेकनाथ सिटौलाका अनुसार बिहान उडेको विमान काठमाडौं नै फर्काएर सुरक्षित अवतरण गराइएको हो । ‘प्रसाइराइजेसन फेलियर’ का कारण विमान अवतरण गर्नु परेको उनले बताए । विमान बाहिरको वातावरणसँग विमानभित्रको वातावरण नमिल्नु नै प्रेसराइजेसन फेलियर हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend