logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

गाडिएको अवस्थामा महिलाको शव फेला


  • जन आकाश
  • मंगलबार, जेष्ठ २३ २०८०

काठमाडौ । कैलालीमा सामुदायिक वनमा गाडिएको अवस्थामा महिलाको शव फेला परेको छ ।



जिल्लाको गौरीगंगा नगरपालिका-२ की २७ वर्षीया कविता बुढाको शव घर नजिकैको सामुदायिक वनमा गाडेको अवस्थामा भेटिएको प्रहरी निरीक्षक खगेन्द्र साउदले जानकारी दिए । उनकाअनुसार महिलाको बुढाको शव केदारेश्वर सामुदायिक वनमा गाडिएको अवस्थामा भेटिएको हो ।

बुढाका परिवारले उनी हराएको भन्दै सोमबारमात्र खोजीका लागि प्रहरीमा निवेदन दिएका थिए । उनको कसैले हत्या गरेर शव गाडेको हुनसक्ने प्रहरीले बताएको छ । घटनाबारे अनुसन्धान जारी छ । मृतक बुढाका श्रीमान् रोजगारीको सिलसिलामा भारतमा छन् भने उनका दुई जना छोराछोरी रहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend