logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

सुदूरपश्चिम प्रदेशमा नीति तथा कार्यक्रम ल्याउने


  • जन आकाश
  • बुधबार, जेष्ठ २४ २०८०

काठमाडौ । सुुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बुधबार ल्याउने भएको छ ।



बुधबार दिउँसो ४ बजे बस्ने प्रदेश सभाको बैठकमा अगामी आर्थिक वर्ष २०८०र०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहले जानकारी दिए । उनका अनुसार नीति तथा कार्यक्रम स्वीकृत गर्न अहिले मन्त्रिपरिषद्को बैठक बसिरहेको छ ।

मन्त्रिपरिषबाट नीति तथा कार्यक्रम स्वीकृत भएपछि प्रदेश प्रमुख देवराज जोशीलाई बुझाइनेछ । जोशीले प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ । सरकारले अगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्न १५ दिन अगावै नीति तथा कार्यक्रम ल्याउनु पर्ने भएपनि सुदूरपश्चिममा भने ढिलो गरिएको हो ।

असार १ गते अगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेको छ तर बजेट ल्याउन हप्ता दिनमात्र बाँकी रहेका बेला सरकारले नीति तथा कार्यक्रम ल्याउन लागेको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend