logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

पत्रकार एवं राजनीतिकर्मी दिनेश खनाल मृत अवस्थामा फेला


  • जन आकाश
  • बुधबार, जेष्ठ २४ २०८०

काठमाडौ । संखुवासभाका पूर्वपत्रकार तथा राजनीतिकर्मी दिनेश खनाल मृत अवस्थामा फेला परेका छन् । उनी आफ्नो घरदेखि तल रहेको बाटोमा मृत अवस्थामा फेला परेका हुन् । के कारणले उनको मृत्यु भएको हो भन्नेबारेमा केही खुलेको छैन ।



घर देखि केही तल रहेको खेतबाट घर फर्किने क्रममा बाटो लडेको अवस्थामा छिमेकीले उनलाई भेटेका थिए । उनको घटनास्थलमा नै मुत्यु भएको थियो । अहिले उनको शव जिल्ला अस्पताल खाँदबारीमा पोष्टमार्टमका लागि राखिएको छ । पोष्टमार्टम पछि आजै उनको अन्त्येष्टी गरिने पारिवारिक स्रोतले जनाएको छ ।

खाँदबारी नगरपालिका–३ झरीथुम्का घर भएका खनालको मंगलबार साँझ खेतबाट घर फर्किने क्रममा निधन भएको हो । उनको हृदयाघातको कारण मृत्यु भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरिक्षक सरोज खनालले जानकारी दिए । शरीरको कुनै पनि भागमा चोट नदेखिएकाले हृदयघातको कारणले मृत्यु भएको हो कि भन्ने प्रहरीको अनुमान छ ।

५० वर्षीय खनालले संखुवासभामा लामो समयदेखि सक्रिय पत्रकारिता गरेका थिए । उनी राष्ट्रिय प्रजातन्त्र पार्टी संखुवासभाका जिल्ला कोषाध्यक्ष समेत हुन् । एक छोरा र श्रीमती रहेका खनाल राजनीतिमा समेत सक्रिय थिए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend