जन आकाश
काठमाडौ । ज्योति विकास बैंकले डेबिट कार्ड बिना नै ATM बाट पैसा निकाल्न सकिने गरि Cardless भुक्तानी सेवाको सुरुवात गरेको छ । यो सुविधा अन्तर्गत ग्राहक वर्गले बैंकको मोबाइल बैंकिङ एप तथा वेब ब्राउजर मार्फत प्राप्त OTP Code लाई एटीएम मेसिनमा प्रयोग गरि सहज र सुरक्षित तरिकाले रकम झिक्न सक्नेछन् ।
डिजिटल बैंकिङलाई प्राथमिकता दिंदै ग्राहक वर्गलाई सहजता प्रदान गर्ने हेतुले यस विकास बैंकले यो आधुनिक बैंकिङ सेवा विस्तार गरेको हो । बैंकको मोबाइल बैकिङ एप Jyoti Smarttyf तथा वेब ब्राउजर jyotismart.jbbl.com.npdfkm मार्फत यो सेवा प्रयोग गर्न सकिनेछ ।
बैंकको मोबाइल बैंकिङ सुविधा लिएका ग्राहकहरूले यस विकास बैंकका देशभर रहेका ७५ वटै एटिएमबाट यो सेवा प्रयोग गरी आफुले चाहेको समयमा नगद निकाल्न सक्नेछन् । बैंकको यो सुविधा प्रयोग गर्नका लागि Smart बचत प्रयोग कर्ताहरूले एपभित्र रहेको Payment आइकन माथि चे पछि देखिने Cardless Withdrawa आइकनमा ट्याप गरि मागिएको विवरण प्रदान गर्नुपर्नेछ ।
तत् पश्चात, ज्योतिविकास बैंककै एटिएममा गई Cardless Transaction चयन गरी आफ्नो मोबाइल नम्बर, निकाल्नुपर्ने रकम ( मोबाइल बैंकिङ एपमा चयन गरिएको ) र मोबाइल माप्राप्त OTP Code राखी इच्छाइएको रकम झिक्न सकिनेछ ।
डिजिटल बैंकिङ्गको प्रयोग बढे संगै बैंकले सोहि प्रक्रियामा चाहिने पास वर्ड, पिन, ओटीपी कोड र अन्य गोप्य सूचना भने सुरक्षित राखी कारोबार गर्न र वित्तीय ठगी विरुद्ध सचेत हुन जोड दिएको छ ।
आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्र्तगत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाज प्रति उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्त महित सदा उच्च प्राथमिकतामा राखेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend