जन आकाश
काठमाडौं । कालीकोटमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।
रास्कोट नगरपालिकाबाट सदरमुकाम मान्मा जाँदै गरेको ग ३ च ४६१० नम्बरको जिप रास्कोटकै सेरा बसपार्क नजिकै दुर्घटना भएको हो । दुर्घटनामा ४३ वर्षीय मनबहादुर शाही र ३६ वर्षीया मनकुमारी शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका डीएसपी जयश्वर रिमालले जानकारी दिए ।
जिपमा तीन जना सवार थिए । एक जना गम्भीर घाइते छन् । जिप सडकबाट करिब ३०० मिटर तल खसेको छ । मोड्ने क्रममा दुर्घटना भएको भन्ने जानकरी आए पनि थप अनुसन्धान भइरहेको डिएसपी रिमालले बताए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend