logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

नागरिकता माग्दै जनता माइतीघरमा किन प्रदर्शन गर्दैछन् ?


  • जन आकाश
  • बिहिबार, जेष्ठ २५ २०८०

काठमाडौं । नागरिकताको माग गर्नेहरुले काठमाडौंको माइतीघरमा आज प्रदर्शन गरेका छन् । सरकारले जन्मसिद्ध नागरिकता भएकाका सन्तानलाई पनि नागरिकताबाट बन्चित गरेको भन्दै माइतीघरमा प्रदर्शन भएको हो ।



प्रदर्शनमा सहभागी वीरगञ्जका उत्तमकुमारले नागरिकता पाउने संवैधानिक अधिकारबाट आफूहरु बन्चित भएको बताए । विदेशी नागरिकहरुले सजिलै नागरिकता पाइरहेको तर आफ्नी छोरीले नागरिकता नपाएको उनले बताए । आफ्नो र आफ्नी श्रीमतीको जन्मसिद्धको नागरिकता भए पनि छोरीलाई नागरिकता नदिइएको उनको गुनासो छ ।

प्रचण्ड नेतृत्वको अहिलेको सरकारको सिफारिसमा नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भइसके पनि सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण कार्यान्वयनमा आउन बाँकी छ । उत्तम कुमारले न्यायालय र कानुन व्यवसायीहरुप्रति पनि आक्रोश पोखे ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend