logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

गोकुलगङ्गा गाउपालिकास्तरिय सिलाइ,कटाई तालीम सप्पन्न


  • जन आकाश
  • बिहिबार, जेष्ठ २५ २०८०

रामेछाप । रामेछापको गोकुलगङ्गा गाउपालिकाको आयोजनामा आर्थिक बर्ष २०७९-८० सालको लघु उधमिहरुको लागि सिलाइ, कटाइ स्तर उन्नति २ महिने तालिमको आज औपचारिक समापन गरिएको छ।



गोकुलगङ्गा गाउपालिकाको वाडन ४ को वडा कार्यालय बेतालिमा आयोजित कार्यक्रमको अध्यक्षता बेतालिका रामचन्द्र बस्नेतले गरेका थिए। प्रमुख अतिथि गोकुलगङ्गा गाउपालिकाकि उपाध्यक्ष उशादेवि कार्कीले रहेकि थिइन।विशेष अतिथि गोकुलगङ्गा गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत होम बहादुर थापा रहेका थिए।अतिथिहरुमा सोहि पालिकाकै इन्जिनियर अर्जुन पौडेल रहेका थिए ।

 

दुइ महिनासम्म निरन्तर तालिममा सहभागी भएका प्रशिक्षर्थिहरुलाइ प्रमुख अतिथिको हातवाट प्रमाणपत्र सिलाइ कटाइमा प्रयोग हुने प्रविधि पालिकाको ८० प्रतिशत र प्रशिक्षणहरुको २० प्रतिशत लागतका सामाग्री हस्तान्तरण गरिएको थियो।

उक्त कार्यक्रममा सम्बोधन गर्दै पालिकाकि उपाध्यक्षले “महिलाहरुले समय निकालेर सिप सिक्नुस र आफ्नो खुट्टामा उभिएर स्वाभिमानि बन्नुस हामि पालिकावाट सकेको सहयोग गर्न तयार छौ ” भनेर हौस्याएकि थिइन।

गोकुलगङगा गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत होम बहादुर थापाले प्रशिक्षणमा सहभागी महिला दिदिबहिनीहरुलाइ शुभकामना दिदै भने” म पचायत कालमा नै जागिर खादै आएको हु यस्ता तालिमहरु हुदै आएका अनुभव छन् । कतिपय तालिमहरु तालिमका लगि तालिम मात्रै हुने गरेका छन् । तपाइहरुको तालिम त्यस्तो नहोस अहिले सहभागीहरुको कुरा सुन्दा उत्साहित  भएको छु।” भन्दै सुझाव सहितको सम्बोधन राखेका थिए।

कार्यक्रमको सन्चालन उधम विकास सहजकर्ता  गिता गुरुङले गरेकि थिइन।

कार्यक्रमको समापन गर्दै बेतालिका वडा अध्यक्षले अहिले हाम्रो गाउपालिकाका महिला दिदिबहिनीहरु छोराछोरी पढाउने नाममा काठमाडौ गएर बस्ने र पुरुषहरु बिदेश जाने तर सिप नभएका कारण घरमै बस्नुपर्ने बाध्यताहरु छन् । भन्दै सिप सिक्न चहाने अरुपनि कार्यक्रमहरु पालिका बैठकमा राखेर गर्ने भन्दै कार्यक्रमलाइ समापन गरेका थिए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend