logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

नबिल बैंक र ल्याण्डमार्क होटलबीच छुट सम्झौता


  • जन आकाश
  • आइतबार, जेष्ठ २८ २०८०

काठमाडौं । नबिल बैंकले आफ्ना ग्राहकहरुको सुबिधालाई ध्यानमा राखी ल्याण्डमार्क होटल एन्ड रिसोर्टसंग सम्झौता गरेको छ ।



उक्त सम्झौता अन्र्तगत नबिल बैंकका ग्राहकहरुले ल्याण्डमार्क होटल एन्ड रिसोर्टद्वारा सञ्चालित काठमाडौं, चितवन तथा पोखराका होटलहरुमा खाना तथा पेय पदार्थमा १० प्रतिशत र होटल तथा रिसोर्टको आवास सुबिधामा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

ग्राहक बर्गले नबिल बैंकको चेक, डेबिट कार्ड, क्रेडिट कार्ड तथा अन्य डिजिटल माध्यमद्वारा भुक्तानी गर्दा उक्त सुबिधा प्राप्त गर्न सक्नेछन् । हाल सम्म नबिल बैंकले २५५ शाखा मार्फत बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend