logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

बाघको छाला र हड्डीसहित ४ जना पक्राउ


  • जन आकाश
  • आइतबार, जेष्ठ २८ २०८०

काठमाडौ । दाङको बाघको छाला र हड्डीसहित चार जना पक्राउ परेका छन् ।



पक्राउ पर्नेमा राजपुर गाउँपालिका-७ का ३१ वर्षीय वीरबहादुर पुन, सोही ठाउँका ४० बर्षीय आशाराम बिक, २५ बर्षीय देवबहादुर बिक र रोल्पा माडी गाउँपालिका-३ का २८ बर्षीय अमलाल घर्ती मगर रहेका छन् ।

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका-९ को अमिलियामा बा २० प ९०७२ नम्बरको मोटरसाइकल खानतलासी गर्ने क्रममा शुक्रबार बिहान ११ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले जानकारी दिए ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend