जन आकाश
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर पुगेका छन् । स्वास्थ्य उपचारका लागि मंगलबार मध्यराति पूर्व प्रधानमन्त्री देउवा सिंगापुर पुगेका हुन् ।
श्रीमती आरजु राणा भने सोमबार नै सिंगापुर पुगेको उनका सचिवालय सदस्य भानु देउवाले जानकारी दिए। सिंगापुरमा पूर्व तयारीका लागि श्रीमती राणा पहिला नै पुगेकी हुन् । देउवाको सचिवालयका अनुसार नियमित स्वास्थ्य उपचारका लागि उनी सिंगापुर पुगेका हुन् ।
पेटमा समस्या देखा परे पछि उनी तीन वर्ष अघि पनि सिंगापुर गएका थिए । उनले सिंगापुरस्थित अस्पतालमा आँखाको पनि जाँच गराएका थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend