जन आकाश
काठमाडौ । आइतवार बसेको महासंघको पहिलो साधारण सभाबाट महासंघको अध्यक्ष पदमा राजेशबाबु श्रेष्ठ निर्वाचित भएका छन् ।
नव निर्वाचित कार्यसमितिको पहिलो बैठकले महासंघको स्विकृत विधान बमोजिम राजेश उपाध्याय उपाध्यक्षमा मनोनित गर्नका साथै ७ जना सदस्य मनोनयन गरिएको छ । मनोनित हुनेहरुमा ज्ञानेन्द्र नकर्मी, नविन आले मगर, प्रज्वल राई, निर्मला महर्जन, रेणुका श्रेष्ठ, रचना श्रेष्ठ, देविका राई रहेका छन् ।
महासंघको वरिष्ठ उपाध्यक्षमा विजयलाल कायस्थ, उपाध्यक्षमा सुजन लामा, रोशन महर्जन,महासचिवमा अजय बज्राचार्य निर्वाचित भएका छन् । त्यसैगरी सचिवमा दिनेश कुमार राजभण्डारी र कोषाध्यक्षमा बलराम सुवेदी निर्वाचित भएका छन् ।
महासंघको सदस्यहरुमा दिनेश श्रेष्ठ, राजकुमार श्रेष्ठ, बाबुकाजी मानन्धर, नरेशकुमार मल्ल, अमृत रोकाया क्षेत्री, राजेश रत्न बज्राचार्य, दुर्गा बहादुर श्रेष्ठ, ननिता महर्जन विनिता राई चयन भएका छन् ।
यसैगरी वाग्मतीको संयोजकमा राजनकुमार श्रेष्ठ, लुम्बिनीको संयोजकमा सितुप्रसाद श्रेष्ठ, गण्डकीको संयोजकमा ओकील (शंकर) मान तुलाधर उदास र कर्णालीको संयोजकमा रमेशकुमार केसी चुनिएका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend