logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य


  • जन आकाश
  • बुधबार, जेष्ठ ३१ २०८०

काठमाडौँ । राष्ट्रपति कार्यालयले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएको छ । मुटुमा समस्या देखिएपछि राष्ट्रपति पौडेल मंगलबार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका थिए ।



नियमित स्वास्थ्य परीक्षण, उपचार तथा २४ घण्टा चिकित्सकहरूको अवलोकनपछि उनी आज बिहान ८ बजे डिस्चार्ज भई राष्ट्रपति निवास फर्किएका थिए । कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार राष्ट्रपति पौडेलले स्वास्थ्य उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी तथा सुरक्षाकर्मीका साथै स्वास्थ्यप्रति चासो व्यक्त गर्ने स्वदेश तथा विदेशमा रहेका सबैलाई धन्यवाद प्रकट गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend