जन आकाश
मोहन कार्की ।
रामेछाप । डिभिजन वन कार्यालय रामेछापले मितिः २०८० साल जेठ ३१ गते वन डिभिजन रामेछापका प्रमुख ओम सागर भण्डारीको नेतृत्वमा जिल्ला अस्पताल रामेछाप परिसर वरपर सरसफाई कार्यक्रमको आयोजना गरेर जिल्ला अस्पताल रामेछाप आसपासका फोहरहरु हटाएको छ । “प्लाष्टिकबाट हुने वातावरण प्रदुषण नियन्त्रण गर्न प्लाष्टिक जन्य वस्तुको प्रयोगलाई निरुत्साहित गरौँ” भन्ने नाराका साथ सरसफाई कार्यक्रम गरिएको हो ।
वातावरणीय प्रदूषण गर्ने मुख्य तत्वहरु मध्ये प्लाष्टिकजन्य बस्तु पनि एक हो, यसलाई नियन्त्रण गर्न तर्फ सबै सरोकारवाला निकाय तथा नागरिक समाज बीचको सहकार्य जरुरी रहेको डिभिजनल वन अधिकृत ओमसागर भण्डारीले कार्यक्रममा सहभागी बीच बताएका छन । उनले थपेका छन् , प्लाष्टिकजन्य बस्तुको बिस्थापित गर्दै नजाने हो भने प्रदूषण न्यूनिकरण नहुने उहाँले बताउनुभयो । डिभिजन वन कार्यालयले जिल्लाका विभिन्न ठाउँहरुको बजार,नदी र आसपासको क्षेत्रमा प्लाष्टिक लगायतका फोहर सरसफाई तथा व्यवस्थापन गर्दै आएको छ ।वातावरण दिवशको केही दिन पछाडी पारेर हामीले वातावरणलाई सफा र हराभरा पार्न जन चेतनाको प्रर्वाह पनि होस र बिरामीहरु आउने क्षेत्रमा फोहोर नहोस भनेर अस्पताल क्षेत्रमा सफाई गरेको बताए । अहिले मात्र सफा गरेर हुदैन आ–आफ्नो घर आगनवाट सरसफाई गरी वातावरण सफा राख्न पनि सवैमा आग्रह गरेका थिए ।
उक्त कार्यक्रममा डिभिजन वन कार्यालय रामेछापका सहायक वन अधिकृत देबेन्द्र यादव लगायत कर्मचारीहरु सरसफाई व्यवस्थापनमा खटिएका थिए । कार्यक्रम अस्पतालको आगनमा भेलाभई तीन भागमा बिभाजन गरेर शुरु गरिएको थियो । तीन समुहमा बिभाजन गरिएको समूहले तीनतिरवाट ल्याईएको फोहोरलाई अस्पताल गेटमा एकमुष्ट जम्मा गरी नगरपालिकाको गाडीमा पठाईएको थियो ।
कार्यक्रमको समापन जिल्ला अस्पताल रामेछापका याम बहादुर पाख्रिनले गरेका थिए । उनले सोही अवसर पारेर वनले बनाउन लागेको अस्पताल नजिकैको पार्कमा बनको रुख कटान समस्या झेल्नु परेको अस्ति भरखरै वनमा आगलागी भयो आगलागी हुदा वनभित्र रहेका सुकेका रुखहरु समयमानै हटाउन सकेको भए यतिधेरै ठुलो आगलागी नहुने थियो । यस्ता घटनाको वारेमा बन प्रमुख भएको वेला राख्न पाउदा हामीलाई सहयोग पुग्छ भन्ने विश्वास लिएको छु । भन्दै धाराणा राखेका थिए ।
अस्पतालकै तर्फबाट डा. गगन अधिकारीले धारणा राखेका थिए। उनले अस्पताललाइ सफा राख्न सवै क्षेत्रवाट भएको सहयोग प्रति धन्यवाद दिएका थिए।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend