logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

वर्षाका कारण हेटौँडा काठमाडौँ जोड्ने सडक खण्ड अवरुद्ध


  • जन आकाश
  • बिहिबार, जेष्ठ ३२ २०८०

काठमाडौ । गए राति परेको वर्षाका कारण पहिरो खस्दा हेटौँडा काठमाडौँ जोड्ने २ वटा सडक खण्ड अवरुद्ध भएका छन् ।



पहिरोका कारण हेटौँडा काठमाडौँ जोड्ने कान्तिलोक पथ र हेटौँडा कुलेखानी सिस्नेरी सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । राती परेको वर्षाको कारण कान्तिलोक पथ अन्तर्गतको ललितपुरको भट्टे डाँडामा पहिरो खस्दा सडक अवरुद्ध हुँदा सवारी आवागमन ठप्प भएको प्रहरीले जनाएको छ । पहिरोका कारण केही सवारी साधनमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।

त्यस्तै पहिरोका कारण हेटौँडाबाट काठमाडौँ जोड्ने हेटौँडा कुलेखानी सिस्नेरी सडक खण्ड अवरुद्ध भई यातायात सेवा बन्द भएको छ । मकवानपुरको इन्द्र सरोवर गाउँपालिका–३ सिस्नेरीमा बिहीबार बिहान ५ बजेको समयमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

सडक अवरुद्ध हुँदा काठमाडौँ हेटौँडा आवतजावत गर्नै सवारी साधनहरू बाटोमै रोकिएको प्रवक्ता कार्कीले बताए । उनका अनुसार दुबै सडक खण्डमा खसेको पहिरो पन्छाउने काम भइरहेको छ । पहिरो पन्छाए लगत्तै सडक सञ्चालनमा ल्याइने उनले बताए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend