logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

कुलमान घिसिङले पाए विशेष सम्मान


  • जन आकाश
  • बिहिबार, जेष्ठ ३२ २०८०

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले इप्पान विशेष सम्मान पाएका छन् । आज स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानको २१ औँ वार्षिक साधारण सभामा घिसिङले उक्त सम्मान पाएका हुन ।



घिसिङले नेपालमा लोडसेडिङ हटाएको र नेपालको ऊर्जा विकासमा अतुलनीय योगदान पुर्‍याएकोमा इप्पानले सम्मान गरेको हो । इप्पानका अध्यक्ष कृष्ण आचार्यले नेपालमा ऊर्जा खपत बढाउन र लोडसेडिङ हटाउन घिसिङको ठुलो योगदान रहेको बताए । कुलमानले पाएको सम्मान प्राधिकरणका निर्देशक प्रबल अधिकारीले लिएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend