logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

बसपार्कभन्दा बाहिर राखिएका टिकट काउन्टर हटाउन सुरु


  • जन आकाश
  • शुक्रबार, असार १ २०८०

काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ बसपार्कभन्दा बाहिर राखिएका सार्वजनिक यातायातका टिकट काउन्टरहरू हटाउन सुरु गरेको छ । आज बिहान बालाजु बसपार्क क्षेत्र वरपरका टिकट काउन्टर हटाइएको छ ।



टिकट काउन्टरहरु हटाउन नगर प्रहरीहरुसँगै सुरक्षाका लागि नेपाल प्रहरीको टोली पनि परिचालन गरिएको छ । नगर प्रहरीहरुले टिकट काउन्टरका बोर्ड हटाउने काम जारी राखेका छन् ।

काठमाडौं महानगरपालिकाले यसअघि सूचना जारी गरेर नयाँ बसपार्कभित्रबाट मात्रै टिकट काट्ने व्यवस्था गर्नुपर्ने भन्दै त्यसभन्दा बाहिर राखिएका सबै टिकट काउन्टर हटाउन निर्देशन दिएको थियो ।

कलंकी, गौशाला, कोटेश्वर, बालाजु, सुन्धारा लगायतका क्षेत्रमा काउन्टरहरु राखेर सार्वजनिक गाडीका टिकट बिक्री हुँदै आएका छन् । जथाभावी राखिएका टिकट काउन्टरले शहरको सुन्दरता घटाएको, सवारी साधनको चाप बढ्दा ट्राफिक व्यवस्थापनमा पनि कठिनाइ भएको र जथाभावी राखिएका टिकट काउन्टरबाट यात्रुहरु ठगिएको गुनासो थियो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend