logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

ग्रिसमा डुंगा दुर्घटना हुँदा ७८ जनाको मृत्यु


  • जन आकाश
  • शुक्रबार, असार १ २०८०

काठमाडौं । ग्रिसमा प्रवासीहरु सवार डुंगा दुर्घटना हुँदा ७८ जनाको मृत्यु भएको छ । डुंगामा सवार ७५० जनाहरुमध्ये ७८ जनाको शव फेला परेको हो । अन्य व्यक्तिहरु वेपत्ता छन् । उनीहरुको खोजी जारी छ ।



उक्त डुंगाको तल्लो तलामा करिब एक सय जना बालबालिका र महिलाहरु पनि थिए । दुर्घटनाबाट बाँचेकाहरुले बालबालिकाको संख्याबारे जानकारी दिएको जनाएको छ । ती महिला र बालबालिकाहरुको अवस्था अज्ञात छ ।

दुर्घटना बाँचेकाहरुमा धेरैजसो पुरुषहरु छन् । त्यसैले महिला र बालबालिकाहरुको हताहती भएको हुनसक्ने आशंका अधिकारीहरुले गरेका छन् । क्षमताभन्दा धेरै मानिस भएकाले डुंगा दुर्घटना भएको अनुमान छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend