logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

सांसदहरुले बाढीपहिरोको क्षति, उद्धार र राहतबारे सरकारको ध्यानाकर्षण गराए


  • जन आकाश
  • आइतबार, असार ३ २०८०

काठमाडौँ । सांसदहरुले पूर्वी पहाडी क्षेत्रमा गएको बाढीपहिरोको क्षति, उद्धार र राहतबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।



आइतबार बसेको प्रतिनिधिसभा बैठकमा दीपक खड्का र योगेश भट्टराईले शनिबार रातिदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोले ठूलो धनजनको क्षति भएको र पीडितको उद्धार र राहतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

संखुवासभा, तेह्रथुम, ताप्लेजुङ, पाँचथरसहितका पहाडी जिल्लामा गएको बाढीपहिरोले २१ जना बेपत्ता भएका, ३ जनाको उद्धार गरिएको र एकजनाको मृत्यु भएको भन्दै उनीहरुले पीडितहरुको उद्धार गर्न र उनीहरुलाई राहतको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

सांसद खड्काले संखुवासभामा १६ जना बेपत्ता भएका, तीनजनाको उद्धार गरिएको र एकजनाको मृत्यु भएको बताए । सांसद भट्टराईले ताप्लेजुङमा पाँचजना बेपत्ता भएका जानकारी दिए ।

सांसद द्वय खड्का र भट्टराई बाढीपहिरोले केही हाइड्रोपावर, सडकसहितको भौतिक संरचनामा क्षति पुगेको जानकारी दिए । यस्तै सांसद रामकुमार राई र अशोककुमार चौधरीले बाढीपहिरो बारे सरकारको ध्यानाकर्षण गराएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend