logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

दोरम्बा शैलुङ गाउँपालिका २ को बजेट


  • जन आकाश
  • बुधबार, असार ६ २०८०

रामेछाप। रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नं २ ले अगामी आर्थिक वर्षको सबै बजेट सडक स्तरोन्नतीमा खर्च गर्ने भएको छ । आ.व २०८०/८१ को लागी वडामा संघिय सरकार तथा बाग्मती प्रदेश सरकारबाट बजेट नपरेपछि वडाको सबै बजेट सडक स्तरोन्नतीमा खर्च गर्ने सहमती भएको हो ।



गाउँपालिकाको रणनैतिक तथा गौरवको आयोजनाको रुपमा रहेको गाल्बा दोरम्बा खोलाखर्क शैलुङ सडक कालोपत्रेका लागी दुबै तहको सरकारी निकायमा आवश्यक पहल गर्दा गर्दै पनि बजेट नपरेपछि वडाको सबै बजेट उक्त सडक स्तरोन्नतीमा खर्च गर्ने निर्णय गरिएको वडाअध्यक्ष मेचमान योन्जनले ईरामेछापलाई जानकारी दिनुभयो ।

संघ तथा प्रदेश सरकारले प्राकृतिक तथा भौगोलिक विभेद गरिएको आम रुपमा महसुस भएकाले गाउँकार्यपालिकाले वडा नं २ लाई दिईएको अख्तियारी अनुसारको ५० लाख बजेट गाल्बा दोरम्बा खोलाखर्क शैलुङ सडक स्तरोन्नतीमा खर्च गर्ने सहमती भएर सातौँ वडाभेलाबाट सर्वसहमतीले पास भएको वडाअध्यक्ष योन्जनले बताउनुभयो । जनप्रतिनिधी,सबै राजनितीक दल र वडाका सबै नागरीकहरुले यो निर्णयको स्वागत गरेको उहाँले बताउनुभयो ।

पर्यटकिय तथा धार्मिक क्षेत्र शैलुङको विकासका लागी निकै महत्वपुर्ण रहेको उक्त सडक कालोपत्रे भएपछि दोरम्बा शैलुङ गाउँपालिकामा सम्बृद्धि आउने वडाअध्यक्ष योन्जनले बताउनुभयो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend