जन आकाश
काठमाडौं । बाढी पहिरोमा परी एक साताको अवधिमा १३ जनाको मृत्यु भएको छ ,भने २६ जना बेपत्ता भएका छन् ।
गृहमन्त्रालयका निमित्त सचिव तथा विपद व्यवस्थापन महाशाखा प्रमुख महादेव पन्थका अनुसार वैशाख ३१ गतेदेखि जेठ ७ गते बिहानसम्म बाढी तथा पहिरोमा परी १३ जनाको मृत्यु भएको हो । बिहीवार बसेको राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिको बैठकमा भएको छलफलमा भाग लिँदै पन्थले सो जानकारी दिएका हुन् ।
उनका अनुसार एक साताको बिचमा ताप्लेजुङ, कास्की, भोजपुर, गोरखा, नुवाकोट र तनहुँमा मानवीय क्षति भएको छ । संखुवासभामा २० जना तथा ताप्लेजुङ र पाँचथरमा ३/३ जना बेपत्ता छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend