logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

तीजको अवसरमा महिलाहरुलाई अल्का अस्पतालमा छुट


  • जन आकाश
  • शुक्रबार, असार ८ २०८०

काठमाडौं । अल्का अस्पतालले तीजको अवसरमा महिलाहरुलाई छुटको योजना ल्याएको छ ।



महिलाहरुलाई केन्द्रित गरेर अल्का अस्पतालले यही भदौं १० गतेदेखि १७ गतेसम्म अस्पतालमा उपचार गर्न आएकाहरुलाई ओपिडी सेवामा २० प्रतिशतसम्म छुटको योजना सार्वजनिक गरेको छ ।

अस्पतालका सबै सेवामा महिलाहरुलाई २० प्रतिशतसम्म छुट दिएका छौं, अस्पतालका प्रशासन प्रमुख भगवान केसीले बताउनुभयो । अस्पतालका ओपिडी सेवा आएका सबै महिलाहरुलाई २० प्रतिशतसम्म छुट हुन्छ, प्रशासन प्रमुख केसीले बताउनुभयो ।

यो छुट विरामीहरुलाई ल्याव परीक्षणमा पनि कायम रहने अस्पतालले जनाएको छ । ललितपुरको जावलाखेलमा अवस्थित अल्का अस्पतालले १७ वर्षदेखि बिरामीहरुलाई सेवा दिइरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend