logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

संसद बैंठकमा बजेटबारे मन्त्रीहरूको छलफल


  • जन आकाश
  • आइतबार, असार १० २०८०

काठमाडौँ । प्रतिनिधि सभा बैठकमा आज विनियोजन विधेक (बजेट) माथि उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिने भएका छन् ।



आज बिहान १० बजेदेखि सुरु हुने बैठकमा मन्त्रालयगत छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ ।

आजको बैठकमा गृह, वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, सहरी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, भौतिक पूर्वाधार तथा यातायात र सञ्चार तथा सूचना प्रविधिमन्त्रीले जवाफ दिने कार्यक्रम तय भएको छ ।

यसैगरी आजकै बैठकमा उपराष्ट्रपति कार्यालयसम्बन्धी बजेटबारे पनि छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend