मोहन कार्की ।
रामेछाप । रामेछापको जिल्लाको गोकुलगंगा गाउँपालिकाले नीति, कार्यक्रम तथा आ.ब.२०८०/८१ सालको बजेट सार्वजानिक गरेको छ । पलिकाका अध्यक्ष काजी बहादुर खड्का (दिनेश)ले नीति प्रस्तुत गरेका छन् । भने गाउँपालिकाकी उपाध्य्क्ष उषादेवी कार्कीले कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी छन् । गोकुलगंगा गाउँपालिकाको कार्यपालिका बैठकमा पेस भएको बजेट छ । अनुमानित रु ७४ करोड ४२ लाख ९३ हजार २ सय रुपैया रहेको छ ।
बिभिन्न शिर्षकमा बजेट यसरी बिभाजन गरिएको छ ।
संघीय सरकारबाट प्राप्त हुने अनुदानको शिर्षकमा यस प्रकार छ ।
समानिकरण अनुदान रु. ११ करोड ९४ लाख
राजश्व बाँडफाँड रु. ८ करोड ६९ लाख ३५ हजार ७ सय
समपुरक अनुदान रु. ४ करोड ७५ लाख
शसर्त पूंजीगत अनुदान रु. १ करोड ३० लाख
शसर्त चालु अनुदान रु. १९ करोड २० लाख
विशेष अनुदान रु. ७० लाख
सामाजिक सुरक्षा भत्ता ९ करोड
पूर्वाधार विभागबाट प्रशासकीय भवन निर्माण रु ३ करोड
समेत जम्मा रु. ५८ करोड ५८ लाख ३५ हजार ७ सय अनुदान प्राप्त हुने अनुमान गरी उल्लेख गरिएको छ ।
त्यसैगरी प्रदेश तथा संघ आन्तरिक सवै क्षेत्रको बजेट समेटेर निम्न बुदाहरुमा उल्लेख छ ।
बागमती प्रदेश सरकारबाट प्राप्त हुने अनुदानमास्
समानिकरण अनुदान रु १ करोड २३ लाख ६५ हजार
सवारी साधन कर रु २ करोड ९२ लाख ३० हजार ७ सय २५ रुपैया
समपूरक अनुदान रु १ करोड ९४ लाख
प्रदेश सशर्त अनुदान रु २ करोड ४ लाख ४० हजार
विशेष अनुदान रु ८३ लाख
समेतबाट कुल रु ८ करोड ९७ लाख ३५ हजार ७ सय २५ रुपैया आय अनुमान गरिएको छ ।
आन्तरिक श्रोत
आगामी वर्ष जलविद्युत रोयल्टी रु ५ करोड ५० लाख एवम् विभिन्न कर शुल्क दस्तुर एवम् विक्री सहित आन्तरिक श्रोतबाट रु ४ करोड ३७ लाख २१ हजार ७ सय ७५ रुपैया समेत जम्मा रु ९ करोड ८७ लाख २१ हजार ७ सय ७५ रुपैया आय अनुमान गरिएको छ ।
गोकुलगंगा सूचना केन्द्र स्थापना गरी सवैलाई छिटो छरितो जानकारी गारउने उल्लेख छ । त्यसैगरी किसानह्रका लागि प्रोत्साहन गर्ने उदेश्यले कोल्ड ड्रिंङ्कस् भगाउँ, दही मोही खाँउँ , पालिकाका नागरिकहरुलाई सीपमा प्रभावकारी बनाउन ल्याउने, सिकाउने र टिकाउने जस्ता नीतिमा उल्लेख छ । शिक्षाको लागि हाम्रो स्कुल ( बनाऔँ राम्रो स्कुल हाम्रो स्कुल( बनाऔँ राम्रो स्कुल भन्ने नारा नीतिमा उल्लेख छ ।
त्यसैगरी उत्पादनलाई प्रोत्साहन गर्न, उत्पादन साथमा (अनुदान हातमा हाम्रो उत्पादन( हाम्रो स्वाभिमान, किसानहरुको खेतवारी ( सँधै हरियाली भन्ने नारा पनि उल्लेख छ । आफ्न गाउँ टोल,बनाऔं अनमोल, हाम्रो सम्पदा(राम्रो सम्पदा भन्ने जस्ता आकर्षणयुक्त नीतिमा उल्लेख छन् ।
नीतिमा रहेका बिषयलाई कार्यक्रम बनाई बजेटमा उल्लेख गरिएको छ ।