logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

राष्ट्रियसभाको बैठक आज बस्दै


  • जन आकाश
  • आइतबार, असार १० २०८०

काठमाडौँ । राष्ट्रियसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बस्ने गरी बैठक आह्वान गरिएको छ ।



बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानको धारा ५३ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन, २०७८-०७९, महालेखापरीक्षकको ६०औँ वार्षिक प्रतिवेदन, २०७९, राष्ट्रिय महिला आयोगको १५औँ वार्षिक प्रतिवेदन, २०७८-०७९ र राष्ट्रिय दलित आयोगको दोस्रो वार्षिक प्रतिवेदन, २०७८-०७९ सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची छ ।

त्यसैगरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० पेस गर्नेछन् । राष्ट्रियसभाका पूर्व सदस्य महेश चौधरीको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend