जन आकाश
रामेछाप। रामेछापको गोकुलगंगा गाउँपालिकाले आर्थिक वर्ष २०८०÷८१ को निती कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ ।
गाउँपालिकाका अध्यक्ष काजी बहादुर खड्का दिनेशले १३ औँ गाउँसभामा प्रस्तुत गर्नुभएको निती तथा कार्यक्रममा शिक्षा,स्वास्थ्य,कृषि र सडकलाई मुख्य प्राथमिकता दिइएको छ ।
गाउँपालिकाले धेरै पुरानै निती तथा कार्यक्रमलाई यो वर्ष पनि निरन्तरता दिएको छ । गाउँसभाम आगामी आर्थिक वर्षको बजेट उपाध्यक्ष उषादेवी कार्कीले प्रस्तुत गर्नुभयो । गाउँपालिकाले ७४ करोडको बजेट ल्याएको छ । गाउँसभामा प्रस्तुत निती,कार्यक्रम तथा बजेट बहुमतलृ पारित समेत गरेको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend