logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

भारतमा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु


  • जन आकाश
  • सोमबार, असार ११ २०८०

काठमाडौं । भारतको ओडिसामा यात्रुबस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । आठ यात्रु गम्भीर घाइते भएका छन् ।



ओडिसाको गंजम जिल्लामा गएराति बस दुर्घटना भएको हो । ओडिसा राज्यको सडक परिवहन निगमको बस र एक निजी बस ठोक्किएर दुर्घटना भएको हो । मृतकहरु निजी बसमा सवारहरु रहेको बताइएको छ ।

ओडिसाका मुख्यमन्त्रीले दुर्घटनामा दुःख व्यक्त गर्दै मृतकका परिवारलाई ३-३ लाख रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend