logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

अहिलेको सत्तारुढ गठबन्धन पाँच वर्षसम्म निरन्तर रहने : प्रचण्ड


  • जन आकाश
  • सोमबार, असार ११ २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सत्तारुढ गठबन्धन पाँच वर्षसम्म निरन्तर रहने बताएका छन् ।



सोमबार धादिङको गजुरीमा आयोजित कार्यक्रममा उनले सत्तारुढ गठबन्धनका नेताहरु र प्रतिपक्षी दलसँग पनि भएको कुराकानीका आधारमा आफू गठबन्धन ५ वर्षसम्म टिक्के कुरामा विश्वस्त रहेको बताएका हुन् ।

‘अहिले कता कता यो सरकारको आयु कति भन्ने पनि, मिडियामा हुने नहुने तपाईहरुले हेर्नुभएको होला, सुन्नुभएको होला’, प्रधानमन्त्री प्रचण्डले भने, ‘लगातार गठबन्धनमा भएको बैठक र प्रतिपक्षसँग पनि भएको बैठकका आधारमा पनि म के भन्न सक्छु भने पाँच वर्ष यो गठबन्धन केही हुनेवाला छैन ।’

प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमण ऐतिहासिक नै भएको दाबी गरे । ‘१० वर्षमा १० हजार मेगावाट विजुली किन्ने सहमति, भारत बंगलादेश र नेपालबीच विद्युत व्यापार गर्ने सहमति, सीमा समस्या समाधान गर्ने नरेन्द्र मोदीजीको कमिटमेन्ट र अन्य थुप्रै विकास परियोजनाहरु महत्वपूर्ण भएका छन्, मलाई गर्व छ’, उनले भने ।

नेपालमा धेरै राम्रो भएको नरुचाउने र नकारात्मक मानसिकता रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले आफूले मानिसहरुले के भन्छन् भन्ने विषयमा ध्यान दिनै छाडेको बताए । ‘आफ्नो ठाउँबाट राम्रो गर्दै जाने, जनताले एक दिन त फैसला गर्ने नै छन् । राम्रो काम गर्नेको जनमत बन्ने नै छ भनेर म अगाडि बढेको छु’, उनले भने ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend