जन आकाश
रामेछाप। रामेछापको जिल्लाका सवै गाउपालिका, नगरपालिकाहरुले बजेट सार्वजानिक गरेका छन् । त्यसमध्य सुनापती गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि ५४ करोड ७८ लाख ५५ हजारको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाका उपाध्यक्ष गिता विष्टले गाउँसभामा बजेट प्रस्तुत गरी सार्वजनिक गरेकी हुन् । गाउँपालिकाले कार्यपालिका बैठकवाट पारित निती तथा कार्यक्रम बजेट यहि मितिः २०८० साल असार १० गते सार्वजनिक गरेको हो ।
जसमा शिक्षा,स्वास्थ्य,कृषि र सडकलाई मुख्य प्राथमिकता दिइएको छ । गाउँपालिकाले यो पटक पनि धेरै पुरानै निती तथा कार्यक्रमलाई निरन्तरता दिएको हो । गाउँसभाले प्रस्तुत निती,कार्यक्रम तथा बजेट बहुमतले पारित समेत गरेको छ । रामेछापको आठओटा स्थानीय निकाय मध्य बहुमत सहित माओवादी पार्टीको कार्यपालिका भएको पालिका सुनापति हो ।
भने उक्त पालिकाकी उपाध्यक्ष गीता बिष्ट चौलागाईको श्रीमान रामेछाप प्रदेश (ख)का सभासद हुन् । तामाङ बाहुल्यता भएको सुनापतिमा विकासलाई निक्कै महत्वका साथ हेरिन्छ । तर काठमाडौवाट नजिकै भएको, पाहाडी लोकमार्ग बन्दै गरेको छ । चौरी खोला आसपासमा अन्नको भण्डार देखि सुनापति एतिहासिक मन्दिर तथा बिभिन्न सम्भावना रहेको पालिका भित्र हालसालै प्रदेश बजेटवाट हिलेदेवीमा ५ किलोमिटर कालोपत्रे अर्थात पीच भएको छ । हाल पालिकाका अध्यक्ष ठुलोकान्छा तामाङ रहेका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend