जन आकाश
मोहन कार्की ।
रामेछाप । रामेछापका आठवटै स्थानीय निकायहरुले २०८० असार १० गते नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन् । आ–आफ्नो पालिकाका जनताको आवश्यकता अनुसार नीति, कार्यक्रम बजेट सार्वजनिक गरेका हुन् । त्यसैमध्य रामेछाप जिल्लाको खाडाँदेवी गाउँपालिकाले खानेपानीको अभावलाई पूर्ति गर्न भटौली खोलामा डयाम निर्माणलाई प्रथामिकतामा राखी अगाडी बढाउने कार्यक्रममा उल्लेख छ । भटौली खोलामा डयाम निर्माण पालिका अध्यक्ष ज्ञान कुमार श्रेष्ठको ड्रीम पोजेक्टको रुपमा श्रेष्ठले धेरै पहिलादेखि स्थानीय अन्य मानिसहरुसँग कुरा गर्दै आएका थिए ।
उक्त पोजेक्टलाई खाँडादेवी गाउँपालिकाको १३ औँ गाउँ सभाले आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रममा तथा बजेटमा समेटेर पारित गरी आर्थिक बर्षवाट निर्माण शुरु गर्ने उल्लेख छ ।
गाउँ सभामा गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम सभा समक्ष प्रस्तुत गरेका थिय । त्यसैगरी अध्यक्षले आर्थिक ऐन २०८० पनि सभाले स्वीकृत गरेको र सभामा विनियोजन विधेयक २०८० पनि पेस भएको थियो ।
सभामा गाउँपालिका उपाध्यक्ष रमा घिसिङले गाउँपालिकाको आर्थिक वर्ष २०८०÷०८१ को लागि अनुमानित बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन ।
अध्यक्ष श्रेष्ठले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा स्वास्थ्य तर्फ निःशुल्क एम्बुलेन्सको व्यवस्थालाई निरन्तरता दिइने, त्यसको लागि रेफरल फण्डको व्यवस्थापन गरिने, पालिकाले पोषणमैत्री वडा र पालिका घोषणा गर्न आवश्यक तयारी गर्ने,स्वास्थ्य बिमा कार्यक्रमलाई थप विस्तार गरिने तथा पालिकाभित्र बसोबास गरेका अति विपन्न परिवार र कोही नभएका तथा केही नभएका व्यक्तिलाई प्रथम पटकको बिमा शुल्क बापतको रकम गाउँपालिकाबाट अनुदान स्वरूप प्रदान गरिने नीति गाउँपालिकाले तय गरेको उल्लेख छ ।
रेडक्रस सोसाइटीसँगको सहकार्यमा नागरिकलाई रगत आवश्यक परेमा निःशुल्क व्यवस्था मिलाइने भएको छ । आकस्मिक स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन थप एम्बुलेन्सको व्यवस्था गरिन,टोल बस्तीमा आकस्मिक मोबाइल अस्पताल सञ्चालन,वडा तथा बस्तीमा विशेषज्ञ सहितको स्वास्थ्य सेवा तथा शिविर सञ्चालन गरिने, पूर्ण खोप र पूर्ण सरसफाइयुक्त गाउँपालिका सुनिश्चितता गरिने उल्लेख छ ।
अस्पताल सञ्चालन नभएसम्म पकरवास स्वास्थ्य चौकीलाई स्वास्थ्य बिमाको प्रथम सेवा बिन्दुको रूपमा सञ्चालन गरिने र ग्रामीण आँखा केन्द्रको स्तरोन्नति गरी प्राथमिक आँखा उपचार केन्द्र स्थापना गरिने साथै स्वास्थ्यकर्मी सहितको डेन्टल सेवा समेत सञ्चालन ल्याइने मिर्गौला, क्यान्सर तथा मेरुदण्ड पक्षाघातका दीर्घ रोगीहरूलाई पालिकाले दिँदै आएको सहयोगलाई निरन्तरता दिइने उल्लेख छ ।
कक्षा ५ को स्रोत केन्द्र स्तरीय र कक्षा ८ को पालिका स्तरीय परीक्षा केन्द्र निर्धारण गरी परीक्षा सञ्चालनलाई निरन्तरता दिइने भएको छ । उत्कृष्ट विद्यालय, विद्यार्थी,शिक्षक, अभिभावक र शिक्षा सेवीलाई सम्मान गर्ने परम्परालाई निरन्तरता दिइने भएको छ ।
समृद्धिको लागि प्राविधिक शिक्षा भन्ने नाराका साथ प्राविधिक शिक्षा सञ्चालन भइरहेका विद्यालयलाई प्रोत्साहन गर्ने कार्यलाई निरन्तरता दिइने, सामुदायिक सिकाई केन्द्रलाई व्यवस्थित बनाइने गुणस्तरीय शिक्षा हाम्रो प्रतिविद्धतालाई साकार पार्न कक्षा ६–८ सञ्चालित विद्यालयलाई डे–वोडर्स र कक्षा ९–१२ सञ्चालित विद्यालयका लागि एक आवासीय विद्यालयको पूर्वाधार निर्माण र अति सीमान्तकृत समुदायका विद्यार्थीहरूलाई आवासीय विद्यालय बनाई शैक्षिक गुणस्तर सुधारको सुनिश्चितता गरिने, कक्षा ६–८ सञ्चालित विद्यालयको लागि प्राविधिक शिक्षक सहित ७ जना गाउँपालिका अनुदान शिक्षकको व्यवस्था, डेबोर्स संयोजन गर्ने प्रअ, प्राविमा नियुक्त तर दरबन्दी न्यून रहेका विद्यालयमा कक्षा ६–८ मा शिक्षण गर्ने गणित, विज्ञान, अङ्ग्रेजी र सामाजिक विषय शिक्षक र कार्यालय सहयोगीलाई थप प्रोत्साहन रकम उपलब्ध गराउने,डेबोडर्समा अध्ययनरत कक्षा ६–१ का प्रत्येक विद्यार्थीलाई डिजिटल हाजिरलाई मुख्य आधार मानी दैनिक २० रुपैँयाका दरले रकम उपलब्ध गराइने उल्लेख छ ।
खाडाँदेवी गाउँपालिकामा नेकपा एमालेवाट निर्वाचित अध्यक्ष, उपाध्यक्ष सहित बहुसंख्यामा कार्यपालिका सदस्यहरु रहेका छन् ।
खाडाँदेवी गाउँपालिकमा सवैभन्दा समस्याको रुपमा खानेपानी अभाव रहेको छ । वर्तमान अवस्थामा लिफ्टिङ आयोजनाहरु भएपनि खानेपानेको समस्या केही हल भएपनि धित खोलेर पानी खर्च गर्न पाउने अवस्था अहिले पनि छैन ।
भटौली खोलामा बन्ने डयाम पछि उक्त डयाममा जम्मा भएको पानीवाट बिद्युत समेत उत्पादन गरी प्रयोग भएको पानी खानेपानी र सिचाईमा प्रयोग गर्ने पालिकाको योजना छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend