logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

मन्थली नगरपालिकाले सार्वजनिक गरयो १ अर्ब ४ करोड ५४ लाख ९२ हजार ८३७ रुपियाँको बजेट


  • जन आकाश
  • सोमबार, असार ११ २०८०

रामेछाप । रामेछापको सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ ।
आइतबार नगरपालिकाले १३ औं नगरसभामा प्रमुख लब श्रेष्ठले नीति तथा कार्यक्रम र उपप्रमुख ईश्वरी बस्नेतले बजेट प्रस्तुत गरी र्आिर्थक बर्ष २०८०/८१ लाई पूणता दिएका हुन् ।



नगरप्रमुख श्रेष्ठले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा नगरपालिका र अन्तर्गतका कार्यालयहरूको कामलाई पूर्वाधार, उपकरण र प्रविधि मैत्री बनाउँदै लगिने, नगरपालिकाबाट प्रवाह हुने आधारभूत सेवा नागरिकलाई नजिकबाट उपलब्ध गराउन वडास्तरमा घुम्ती शिविरहरू लगिने उल्लेख गरिएको छ ।

त्यस्तै एक वडा एक उत्पादनको नीति अनुरूप पकेट बालीहरू मार्फत व्यावसायिक खेतीलाई प्रोत्साहन गर्ने, दूध बिक्री बात किसानलाई दिइँदै आएको प्रति लिटर दुई रुपैयाँ अनुदानलाई बढाएर २ रुपैयाँ ५० पैसा पुर्याउने उल्लेख छ ।

नगरपालिकाका विद्यालयमा कक्षा एक देखि अङ्ग्रेजी माध्यमबाट पठनपाठन नीतिलाई प्रभावकारी बनाउँदै लैजाने नीति नगरपालिकाले लिएको छ । कक्षा ६ देखि ८ सम्म अङ्ग्रेजी, गणित र विज्ञान विषयका न्यूनतम शिक्षक दरबन्दीको सुनिश्चित गर्ने कार्यक्रममा उल्लेख छ । शिक्षाको कार्यक्रम खाडाँदेवी गाउँपालिकासँग मिल्दो जुल्दो छ ।

अधिवेशनमा नगरप्रमुख लव श्रेष्ठले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा सार्वजनिक स्थानहरूमा निःशुल्क इन्टरनेटको व्यवस्था गर्ने, एक वडा एक उत्पादनको नीति अनुरूप पकेट बालीहरू मार्फत व्यावसायिक खेतीलाई प्रोत्साहन गर्ने, दूध बिक्री बापत किसानलाई दिइँदै आएको प्रति लिटर दुई रुपैयाँ अनुदानलाई बढाएर दुई रुपैयाँ पचास पैसा पुर्याउने उल्लेख छ । आधारभूत तहमा विद्यालय उमेर ९५–१२० वर्षका सम्पूर्ण बालबालिकाहरूलाई विद्यालयमा ल्याउने, टिकाउने र सिकाउने वातावरण सिर्जना गरी भर्नाको सुनिश्चित गर्ने, नगरवासीलाई नगरभित्रै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न १५ शय्याको मन्थली अस्पताललाई ५० शय्याको अस्पतालमा विस्तार गर्न प्रदेश र सङ्घीय सरकारसँग समन्वय गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । बिद्यार्थीलाई ल्याउने सिकाउने र टिकाउने नीतिको नारा गोकुलगंगा र मन्थलीको एउटै मिल्न गएको छ ।

त्यसै गरी छोरीको जन्मलाई प्रोत्साहित गर्न छोरी बचत प्रोत्साहन कार्यक्रम, वडा स्तरबाट नै अनलाइन प्रविधिबाट व्यक्तिगत घटना दर्ताको व्यवस्था गर्ने र नगर–वडा साझेदारी विकास निर्माणमा बराबरीको नीति अनुसार ५०र५० प्रतिशतमा वडाबाट प्रस्ताव गरेका एउटा वडा बराबर एउटा ठुलो आयोजनालाई १५ लाख बजेट थप गरी कार्यान्वयन गर्ने उल्लेख छ । छोरीको बचत प्रोत्साहन कार्यक्रम मन्थली नगरपालिकाले गरेको अत्यन्तै राम्रो कार्यक्रमको रुपमा देखिरुन्छ ।

०८१ जेठ महिनासम्म बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गर्न बालकोष स्थापना गर्न विभिन्न निकायसँग समन्वय र सहकार्य गर्ने, नगरभित्र नै कृषि तथा पशु प्राविधिक जनशक्ति उत्पादन तथा परिचालनका लागि कृषि र भेटेरिनरी विषयमा (डिप्लोमा) अध्ययनका लागि छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिँदै थप १४ जनालाई छात्रवृत्तिको व्यवस्था गर्ने लगायतका कार्यक्रमहरू उल्लेख छन् ।

नगर अधिवेशनमा उपप्रमुख ईश्वरी बस्नेतले एक अर्ब ४ करोड ५४ लाख ९२ हजार ८३७ रुपियाँको बजेट प्रस्तुत गरेकी हुन् । विनियोजित बजेटमध्ये चालुतर्फ ४५ करोड ९३ लाख ९२ हजार ७८७ (४३.९४) प्रतिशत र पुँजीगत तर्फ ५८ करोड ६१ लाख ५० रुपैयाँ (५६.०६) प्रतिशत रहेको छ । उपप्रमुख बस्नेतले प्रस्तुत गरिएको बजेटमा आगामी वर्ष मालपोत रजिस्ट्रेशन शुल्क ९० लाख रुपैयाँ सहित नगरपालिकाले पाँच करोड ३० लाख रुपैयाँ आन्तरिक आम्दानी गर्ने अनुमान गरिएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend