logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

उमाकुण्ड गाउँपालिकाको बजेट ६० करोड ५८ लाख ६३ हजार


  • जन आकाश
  • सोमबार, असार ११ २०८०

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरूलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको लागि ६० करोड बढी बजेट ल्याएको छ । गाउँपालिकाकी उपाध्यक्ष सावित्री सुनुवारले शुक्रबार गाउँसभामा आगामी आर्थिक वर्ष २०८०र८१ को लागि कूल ६० करोड ५८ लाख ६३ हजार १०० रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन् ।



उमाकुण्ड गाउँपालिका रामेछापकै सवैभन्दा भुगोलमा ठुलो पालिका हो । यस उमाकुण्ड गाउँपालिकामा ७ वटा वडाहरु रहेका छन् । सुनुवार समुदायको बाहुल्यता रहेको रामेछापको एक मात्र पालिका हो । यसपिालिकाले वडा नं १ गुम्देललाई ४७ लाख, वडा नं २ बाम्ती भण्डारलाई ४८ लाख, वडा नं ३ कुँबुँकाँस्थलीलाई ४७ लाख, वडा नं ४ प्रीतिलाई ४७ लाख, वडा नं ५ प्रीतिलाई ४२ लाख, वडा नं ६ गुप्तेश्वरलाई ४२ लाख र वडा नं ७ भुजीलाई ४५ लाख बजेट विनियोजन गरिएको उपाध्यक्ष सुनुवारले सार्वजनिक गरेको बजेटमा उल्लेख छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend