logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

एमाले र रास्वपाका सांसदहरूको विरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित


  • जन आकाश
  • मंगलबार, असार १२ २०८०

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमाले र रास्वपाका सांसदहरूको विरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।



सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् । जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालय मातहत राख्ने सरकारको प्रस्ताव फिर्ता हुनुपर्ने माग एमाले र रास्वपाको छ ।

एमाले प्रमुख सचेतक पदम गिरीले निर्वाचन कार्यालय प्रशासन कार्यालय मातहत राख्ने निर्णय फिर्ता लिएको जवाफ प्रधानमन्त्रीले नै संसदमा उपस्थित भएर दिनुपर्ने बताएका छन् । ‘यो विषयमा सरकार र प्रधानमन्त्रीले नै संसदमा आएर जवाफ दिनुपर्छ,’ उनले भने ।

यसअघि रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले निर्वाचन कार्यालयलाई खारेज गरी प्रशासन कार्यालयमा गाभ्ने निर्णय लोकतन्त्र विरोधी भएको भन्दै सरकारलाई त्रुटि सच्याउन आग्रह गरेका थिए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend