logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

एकजना यात्रुको बिदाई र स्वागतमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ३ जना मात्रै जान पाइने


  • जन आकाश
  • मंगलबार, असार १२ २०८०

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अबदेखि एकजना यात्रुको बिदाई वा स्वागतमा ३ जना मात्रै जान पाइने भएको छ । विमानस्थलको टर्मिनल भवन बाहिर अत्याधिक भीड हुन थालेपछि विमानस्थल सुरक्षा समितिले यस्तो निर्णय गरेको हो ।



विमानस्थल परिसरमा अत्याधिक भीड हुँदा भीड व्यवस्थापनमा कठिनाई हुनुका साथै ट्राफिम व्यवस्थापन तथा चोरी नियन्त्रणमा कठिनाई भएपछि यस्तो निर्णय गरिएको विमानस्थल सुरक्षा समितिले जनाएको छ । समितिका अनुसार भीडभाड बढी हुँदा पछिल्ला केही महिनायता विमानस्थल परिसरमा दुर्घटनाका घटना पनि बढेका छन् ।

योसँगै अब देखि एक जना यात्रुको बिदाई र स्वागतका लागि विमानस्थलमा ३ जना मात्रै जानुपर्नेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend