logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

गुरु कुट्ने विद्यार्थीको संरक्षण गर्नु गलत हो : ओली


  • जन आकाश
  • बिहिबार, असार १४ २०८०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गुरुलाई कुट्ने विद्यार्थीको संरक्षण गरेर सरकारले गलत गरेको बताएका छन् । मदन भण्डारी मेमोरियल कलेजको २२ औं वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले गुरु कुट्नेहरुको संरक्षण र प्रोत्साहन गर्नु गलत भएको बताएका हुन् ।



त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई आक्रमण गर्ने नेविसंघका कार्यकर्ताहरुको मुद्दा फिर्ता लिने सरकारको निर्णयतर्फ संकेत गर्दै ओलीले भने, ‘आजकाल गुरु कुट्ने संस्कृति छ । बडा दुखद् कुरा हो यो ।’

गुरुलाई देवतासमान मान्ने देशमा कुटपिट हुनु दुःखद भएको बताउँदै , ‘सभ्यताको दियो बाल्ने देश, गुरुदेवो भवः भन्ने देश आज गुरुको ढाड खुस्क्याउँछ । टाउको फुटाउँछ, करङ भाँचिदिन्छ, बहादुरी देखाउँछ । त्यस्ताहरुलाई प्रोत्साहन दिएर सरकार मुद्दा फिर्ता गर्छ ।’

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend