logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

तातोपानी नाकाबाट नागरिकहरू पनि आउजाउ गर्ने वातावरण बनाइदिन हिमालय सिमापारको आग्रह


  • जन आकाश
  • बिहिबार, असार १४ २०८०

काठमाडौ । नेपाल हिमालय सिमापार बाणिज्य सघका प्रतिनिधिहरुले उधोग बाणिज्य तथा आपूर्ति मन्त्रीलाइ भेटि सवारि साधन सगसगै नागरिकहरू पनि नेपालको तातोपानी चिनको खासा बजारसम्म दुबै तर्फका नागरिकहरू आउजाउ गर्ने वातावरण बनाइदिन कुटनितिक पहल गरिदिन  आग्रह गरेका छन् ।



नेपालमा महा भुकम्प पछि चिनले कोदारि राजमार्ग अन्तर्गतको तातोपानी खासा नाका सुरक्षाको जोखिम देखाउदै बन्द गरेको थियो भने नेपाललाइ चिनले सहयोग स्वरुप बनाइदिएको सुख्खा बन्दरगाह निरमाण सम्पन्न भएर पनि त्यति प्रयोगमा आउन सकेको छैन ।

र नेपाल र चिन बिच सिमा जोडिएको क्षेत्रहरुका मानिसहरुलाइ आवात जावत गर्न नपाउदा उपभोग्य बास्तु आदानप्रदान गर्न कठिनाइ भइरहेको स्थानियको गुनासो छ भने नेपालका ब्यापारी र चिनका ब्यापारीहरु पनि बिगतको नेपाल चिन बिचको ब्यापारीक भाइचारा बढाउन चाहान्छन ।
र अन्य मिलाउन बाकि समस्या हरुको वारेमा सम्बन्धित मन्त्री ज्युलाइ भेटेर अवगत गराएको हिमालय सिमापार बाणिज्य सघले जानकारी दिएको छ।
उक्त प्रतिनिधि मण्डलमा सघका अध्यक्ष अशोक कुमार श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष रामहरि कार्की लगायत पदाधिकारी रहेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend