logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

कोसीका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने


  • जन आकाश
  • बिहिबार, असार १४ २०८०

काठमाडौं । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेका छन् । दुवै पार्टीको संसदीय दलको छुट्टाछुट्टै औपचारिक बैठकले कार्कीलाई मत दिने निर्णय गरेका हुन् ।



नेकपा (एमाले)को तर्फबाट मुख्यमन्त्री बनेका कार्कीले विश्वासको मत दिन आग्रह गर्दै प्रमुख विपक्षी तथा विपक्षी दललाई औपचारिक पत्राचार गरेका थिए । कांग्रेस संसदीय दलका प्रमुख सचेतक भुपेन्द्र राईले कार्कीलाई मत नदिने दलको बैठकले निर्णय गरेको जानकारी दिए ।

आजै बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले पनि विश्वासको मत नदिने निर्णय गरेको छ । माओवादी र जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै कार्की नेतृत्वको सरकार अल्पमतमा छ । आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने कार्यसूची छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend