logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

बाहुन डन (सुजन) छुट्न नपाउदै विवादमा


  • जन आकाश
  • बिहिबार, असार १४ २०८०

रामेछाप । रामेछाप घर भएका सुजन पौडल अर्थात (बाहुन) डन नामले चिनिने ब्याक्ति जेलवाटा छु्टन नपाउदै चर्चामा आएका छन् । बिभिन्न समाचारहरुले र फेसबुकहरुमा बाहुन डनद्धारा जेलमा रहेका कैदीहरुको सरुवामा बाहुन डनको संलग्नता भनेर समाचार आएपछि बाहुन डनले प्रेस बिज्ञप्ति नै जारी गरेर गृह प्रशासनको प्रत्यक्ष निगरानीमा रहने थुनुवा कैदी बन्दीहरुको बिषयमा आफ्नो नाम जोडेर प्रचार गरिएकोमा दुखः व्याक्त गर्दै ति समाचार कपोलकल्पित भएको उल्लेख गरेका छन् । उनले भनेका छन् । आफुले गर्दै नगरेको केशमा प्रहरी प्रशासनले फसाएर १० बर्षसम्म पिडित बनाएर भरखरै जेलवाट छुट्न पाएको छैन । सामान्य जीवनमा फर्कन लाग्न नपाउदै अनेक खालका अर्नगल प्रचार गरिएकोमा त्यस्ता कपोल कल्पित कुराको पछि नलाग्न आग्रह गरेका छन् ।



“त्यस्ता आफुसँग जोडिएका बिषय केही भएमा सिधै सम्पर्क गरेर बुझन समेत आग्रह गरेका छन् । त्यो नगरी एकतर्फी समाचार नलेख्न पनि सञ्चारमाध्यमलाई उनले आग्रह गरेको नोट असार १३ गते सार्वजनिक गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend